लामो समयका लागि म्युुचुुअल फण्डमा लगानी राम्रो मानिन्छ, तर म्युुचुुअल फण्डमा लगानीका विषयमा केही भ्रमहरु छन् । जसका कारण धेरै मानिसहरु म्युचुअल फण्डमा लगानी गर्नबाट जोगिन्छन् । आज हामी म्युुचुुअल फण्डसँग जोडिएका १० भ्रमहरु भगाउँदैछौं ।

अहिले लगानीको समय होइन
म्युुचुुअल फण्डमा हरेक उमेरका व्यक्तिका लागि लगानीको विकल्प हो । तपाईँ अहिले भर्खरै कमाइ सुुरु गर्नुु भएको हुुुनुुहुुुन्छ वा रिटायर्ड हुुनुुहुुुन्छ । सबैका लागि लगानीको उत्तम विकल्प म्युुुचुुअल फण्ड हुुुनसक्छ । जोखिम प्रोफाइललका अनुुसार कतिपय देशहरुमा तपाईँलाई विकल्प मिल्नेछ, नेपालमा यस्ता फण्डहरु धेरै खालका छैनन् । तर, यस्ता फण्डहरुमा तपाईँ अल्पकालीन तथा दीर्घकालीन वा दुुुवै तरिकाबाट लगानी गर्न सक्नुुहुन्छ ।

डिम्याट अकाउन्ट जरुरी छैन
कतिपय देशमा म्युुचुुअल फण्डमा लगानी गर्नका लागि डिम्याट अकाउन्ट जरुरी हुँदैन, तर नेपालमा जरुरी हुन्छ । एक्सचेञ्ज अन्य मुलुकमा टे«डेड फण्डका लागि डिम्याट अकाउन्ट जरुरी हुुन्छ । म्युुचुुअल फण्डको इकाई खरीदका लागि भने अनलाइनबाटै आवेदन दिन सकिन्छ । यसका लागि तपाईँ घरमा बसीबसी म्युुचुुअल फण्डमा लगानी गर्न सक्नुुुहुुन्छ ।

रिटर्नको ग्यारेण्टी
रिटर्नको ग्यारेन्टी म्युुचुुअल फण्डका स्किमको प्रदर्शन उसको पोर्टफोलियोमा निर्भर रहन्छ र पोर्टफोलियो बजारको जोखिमका अधिनमा रहेको हुुन्छ । पोर्टफोलियो जस्तो प्रदर्शन हुुन्छ त्यस्तै नै रिटर्न पनि प्राप्त हुुन्छ । हरेक महिना म्युुचुुअल फण्ड रेटिङ्स बदलिन्छ । हाई रेटिङले राम्रो रिटर्नको ग्यारेन्टी भने गर्दैन ।

कम न्याभवाला फण्ड राम्रो
न्याभले स्किम होल्डिङ्सको बजार मूूल्यलाई बताउँदछ । दुुई म्युुचुुअल फण्डको प्रदर्शन केबल न्याभका आधारमा आँकलन गर्नुुपर्छ । केही समयको दौरानमा न्याभमा के परिवर्तन आयो सोबारे जानकार हुुुनुुपर्छ । म्युुचुुअल फण्ड छनौट गर्नुुभन्दा पहिले अरु कतिपय विषयहरु पनि नियाल्नुुपर्छ ।

एएमसी डूूबे डुुब्नेछ मेरो पनि पैसा
कतिपय व्यक्तिलाई म्युुुचुुअल फण्डको लगानीमा गलतभ्रम हुुन्छ कि एसेट म्यानेजमेन्ट कम्पनी(एएमसी) डुुबे उसको पैसा पनि डुुब्छ, तर म्युुचुुअल फण्डको संरचना धेरै नै सुुरक्षित हुुन्छ । सेबोनले म्युुचुअल फण्डलाई नियमित नियमन गर्दछ । घोटाला र एएमसी बैंकक्रप्टको कारण पैसा डुुब्ने जोखिम न्यूून हुुुुन्छ ।

बजार झरे लगानी रोक्दा राम्रो
बजार गिरावट भए कतिपय लगानीकर्ताहरु लगानी रोक्छन् वा लगानीकर्ता आत्तिएर आफ्नो फण्ड बेच्न सुुरु गर्छन् तर बजारमा जब गिरावट आउँछ लगानीकर्ता संयम हुुनुु आवश्यक छ । म्युुुचुुअल फण्डमा लगानी सधैं लामो अवधिका लागि गर्नुुहोस् । बजारमा भएको गिरावटका समय लगानीको लागि उपयुुक्त समय पनि हो ।