काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको बेला आफूले घरमै बसेर सरकार संचालन गरिरहेको उल्लेख गर्दै नागरिकहरुलाई पनि घरमै बस्न पुनः आह्वान गरेका छन् । 

उनले बुधबार फोटोसहितको एक ट्वीट गर्दै नागरिकहरुमा यस्तो आह्वान गरेका हुन् । 

उनले नागरिकहरुलाई लकडाउनको बेला घरमै बसी सुरक्षित रहन समेत आह्वान गरेका छन् । 

उनले ट्वीट गर्दै भनेका छन्-'हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ 

सरकारले घोषणा गरेको एक साता लामो लकडाउनको दोश्रो दिन प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।