काठमाण्डौ । पोखरामा आइतबार बिहान जहाज दुर्घटनाग्रस्तपछि यती एयरलाइन्सको भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरिएको छ। 

यती एयरलाइन्सले आज साँझ एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका यात्रुहरुको शोकमा भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी गराएको हो। आपतकालीन र उद्धारका उडान भने भोलि हुने सूचनामा उल्लेख छ। 

पोखराको सेती खोँचमा खसेर भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ६८ जनाको शव फेला परिसकेको छ। चारैजना अझै फेला परेका छैनन्। 

जहाजमा ४ चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए। घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको छ।