– रेखा चन्द

काठमाण्डौ । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले सेयर बजार बढ्छ भने ४–१२ वटा नीति हटाइदिन सुझाव दिएका छन्।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा अध्यक्ष तुलाधारले राष्ट्र बैंकलाई यस्तो सुझाव दिएका हुन्।

अध्यक्ष तुलाधारले अहिले ४–१२ को कुरा धेरै उठिरहेकोप्रति आफ्ना धारणा राखेका हुन्। ‘अहिले ४–१२ को कुरा धेरै उठिरहेको छ’, उनले भने, ‘यदि यो ४–१२ को नीति हटाउँदा सेयर बजार बढ्छ भने यसलाई हटाइदिँदा हुन्छ भन्ने मेरो विचार छ।’