काठमाण्डौ । यमाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । 

यमाहाको दसैं अफरमा ग्राहकहरुबाट पाएको अपार साथबाट उत्साहित एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । 

‘यमाहाले सधैं आफ्ना ग्राहकलाई केन्द्रबिन्दुमा राखेर योजना ल्याउने गर्छ । हामी सुरक्षा, गुणस्तर र विश्वस्तरीय अनुभवप्रति निकै सचेत छौं । दसैं अफरमा हाम्रा ग्राहकको प्रतिक्रियाबाट हामी निकै उत्साहित भएर नयाँ वर्षको अवसरमा यो अफर ल्याएका छौं,’ एमएडब्लु इन्टरप्राइजेज, यामाहा डिभिजनका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले भने, ‘हामीलाई विश्वास छ यो अफरले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउनेछ । हामी विश्वास दिलाउन चाहन्छौं कि यामाहाका मोटरसाइकल र स्कुटर किन्ने यो उत्तम समय हो । किनभने हामी जे गर्छौं हाम्रा ग्राहकको पक्षमा गर्छौं ।’

नयाँ वर्ष योजना यामाहाका सबै मोटरसाइकल र स्कुटरका मोडेलमा लागू हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इञ्जिनजडित छन् । 

नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।