काठमाण्डौ । नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो सफल तथा लोकप्रिय एफजी सिरिजमा बहुप्रतिक्षित बाइक एफजी२५ सार्वजनिक गरेको छ ।

अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधी रहेको एफजी २५मा  एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इञ्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहजताका लागि यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । 

एफजी२५ को डिजाइन शक्तिशाली मांशपेसी भएका खेलाडीको झैं ‘रोबस्ट’ बनाइएको छ । नेपाली सडक सुहाउँदो बनाइएको ‘स्ट्रिट फाइटर’ले अधिकतम माइलेज दिने मात्र होइन वातावरणमैत्री पनि छ । एफजी२५का विशेषताले २० देखि ३५ वर्षसम्मका राइडरलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । नयाँ बाइक तीनवटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ । एमएडब्लु इन्टरप्राइजेजले एफजी२५को बजार मूल्य तीन लाख ४४ हजार नौ सय रुपैयाँ तोकेको छ । 

एजी२५मा जापानी बजारमा सफल स्पोर्टस् बाइकमा प्रयोग हुने २४९ सीसीका इन्जिन जडान गरिनुका साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ जसले बाइकको पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्यून गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । 

८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ, जुन २५० सीसीको बाइकमा पहिलो हो । यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा झैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन् जसले यसलाई टप–एन्ड मोडेलको नयाँ दाबेदार बनाइदिएको छ । यो बाइकलाई रेसिङ मात्र होइन दैनिक प्रयोजनलाई मिल्ने गरी डिजाइन गरिएको छ । 

यामाहाले सन् २००८ मा निकै रुचाइएको एफजी सिरिज बजारमा ल्याएको थियो । यो नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा निकै चर्चित सिरिज हो जसका कारण यसलाई यामाहाले डिलक्स सेग्मेन्टबाट प्रिमियम सेग्मेन्टमा पनि एफजीलाई विस्तार गरेको हो । 

‘सन् २००८ मा लन्च गरेदेखि नै यामाहाको एफजी सिरिज निकै सफल सिरिजको रुपमा रहँदै आएको छ । अझ यसमा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि जडान गरेपछि एफजी सिरिजका बाइकको पर्फमेन्स र माइलेज बढेको छ । वास्तवमा एफजी सिरिज नेपालमा मात्र होइन पूरै दक्षिण एसियामा लोकप्रिय छ र यसले आफूलाई सेग्मेन्टकै बलियो ब्रान्डका रुपमा स्थापना गरिसकेको छ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भने, ‘अब एफजी राइडरहरुले हाइयर रेन्ज मोडेलको अनुभव गर्न पाउनुहुनेछ । नेपाली बाइकप्रेमीलाई हाई पावर,हाई टर्क, आकर्षक फिचर, मस्कुलिन लुक्स र एग्रेसिभ स्टाइलसहितको नयाँ विकल्प दिन पाउँदा हामी निकै खुसी छौं । हामीलाई विश्वास छ कि नयाँ बाइकले राइडिङ एक्सपिरियन्सलाई नयाँ उचाइमा पुर्याउनेछ ।’

त्यसैगरी, एमएडब्लु इन्टरप्राइजेजका सहमहाप्रबन्धक दिपक रौनियारले नयाँ बाइक ‘पावर, कन्ट्रोल र ब्यालेन्स’को समीश्रण भएको बताए । उनका अनुसार एफजी विरासतलाई पछ्याउँदै यो नयाँ बाइकले उच्च तहको राइडिङ पर्फमेन्स र स्टाइलिङ डिएनएलाई अँगालेको छ । एफजी२५ युवा राइडर्सका लागि लक्षित भए पनि उत्कृष्ट डिजाइन र आरामदायी विशेषताले यो बाइक दैनिक प्रयोजनका लागि पनि उपयुक्त छ ।

यसैबीच, एमएडब्लु इन्टरप्राइजेजले एफजी२५ को टेस्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहारको योजना ल्याएको छ । सीमित अवधिका लागि संचालन हुने यो योजनाअनुसार यामाहाको नयाँ बाइकको टेस्ट राइड गर्नेले एप्पलको म्याकबुक जित्ने मौका पाउनेछन् ।