काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले घाटा व्यहोरेको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ९ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा कम्पनीले १० करोड १२ लाख रुपैयाँ घाटा व्यहारेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २ करोड १ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको विद्युत बिक्रीबाट ७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीको आम्दानी ३ करोड ५६ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको रिटेन्ड अर्निङ पनि ६६ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा पनि रिटेन्ड अर्निङ ५३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २१.२७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ पनि २९.४१ रुपैयाँले ऋणात्मक रहेको छ।
कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले ‘आरसीओडी’ सम्पन्न भएको मितिबाट २०७८ चैतसम्म नेपाल विद्युत् प्राधिकरणका कारणले गर्दा उत्पादित विद्युत खेर गएको दाबी गरेको छ। योबापतको करिब ४० करोड रुपैयाँ प्राधिकरणसँग दाबी गर्ने निर्णय पनि बैठकले गरेको छ।
कम्पनीले निर्माण गरेको आयोजनाहरुबाट उत्पादित विद्युत् जोड्ने मातातीर्थ–माल्टा ३३ केभी प्रसारण लाइनको निर्माणकार्य प्राधिकरणले समयमा सम्पन्न नगरिदिएकाले उत्पादित विद्युत् खेर गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्राधिकरणसँग दाबी गर्न लागेको ४० करोड रुपैयाँ वित्तीय विवरणमा समावेश गरेको छैन।
23 minutes ago
41 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago