काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा फेरि स्थगित भएको छ। 

गोर्खाज फाइनान्सको सञ्चालक समितिले गत भदौ ९ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को २६ औँ वार्षिक साधारणसभा आज भदौ २४ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर उच्च अदालत पाटनको अन्तरिम आदेश हिजो साँझ प्राप्त भएकोले हालले वार्षिक साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ। उच्च अदालत अन्तरिम आदेशमा हाललाई वार्षिक साधारणसभा स्थगित गर्न भनिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पनि कोरोना जोखिमका कारण २५ जनाभन्दा बढी सहभागी भएर कुनै पनि सभा, सम्मेलन र समारोहजस्ता कार्यक्रम गर्न निषेध गरिएकोले वार्षिक साधारणसभा स्थगित गर्न गोर्खाज फाइनान्सलाई निर्देशन दिएको थियो। 

त्यसो त यसअघि पनि गोर्खाज फाइनान्सले गत भदौ ९ नै वार्षिक साधारणसभा डाकेको थियो। तर त्यति जारी निषेधाज्ञाका कारण कम्पनीले वार्षिक साधारणसभा स्थगित भएको थियो।