काठमाण्डौ । अमेरिकन डलरमा आएको मजबुती र नेपाली मुद्राको निरन्तरको अवमूल्यन लगायतका कारण ग्लोबल मार्केटमा सुुनको मूल्य पछिल्लो ९ महिनामै सबैभन्दा तल्लो विन्दूमा झरेको छ । यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । यहाँ समेत शुक्रबार गत जेठ १६ गतेकै विन्दूमा सुनको भाउ झरेको छ । 

डलरको मजबुती र त्योसँग रुपैयाँ अवमूल्यन बढिरहनु भनेको आगामी दिनमा सुन अझ धेरै घट्नसक्ने संकेत हो । 

लगातारको गिरावटले सुरक्षित लगानीका लागि सुन खरीद गर्नेहरुले धमाधम आफूसँग भएको सुन बिक्री गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारदेखि नेपालको बजारमा समेत सुन अझै घट्नसक्ने अनुमान लगाउँदै बिक्रीको चाप बढेको हो । 

नेपालको घरेलु बजारमा सुन तोलाको ५४ हजार २ सय रुपैयाँ झरिसकेको छ । मंसिर ८ गते प्रति तोला ५५ हजार ४ सयमा कारोबार भएको सुन मंसिर ९ गते एकैदिन तोलामा ८ सय रुपैयाँ घटेर ५४ हजार ६ सयमा आइपुुग्यो । यो विन्दूूबाट समेत अझ तल झरी शुक्रबार सुन प्रति तोला ५४ हजार २ सय रुपैयाँ आइपुुगेको हो । २०७३ जेठ १६ गते पनि सुनको भाउ प्रति तोला ५४ हजार २ सय नै थियो । त्यसपछि कहिल्यै सो विन्दू नहेरी उकालोतर्फ लागेको सुन घट्न थालेको हो । 

बजार विश्लेषकहरुले भविष्यमा सुनको भाउ अझ तल्लो स्तरसम्म आइपुुग्नसक्ने प्रक्षेपण गरेका छन् । नेपाली बजारमा सुनको भाउ प्रति तोला ५२ हजारसम्म झर्नसक्ने अनुमान गरिएको छ । 

पछिल्लो समय रुपैयाँको तुलनामा डलर मजबुत बन्दै गइरहेको छ । शुक्रबार एक अमेरिकी डलरको खरीद दर १०९.६८ रुपैयाँ र बिक्री दर ११०.२८ रुपैयाँ तोकिएको छ । बिहीबार मात्र डलरको खरीद र बिक्री दर क्रमशः १०९.३० रुपैयाँ र १०९.९० रुपैयाँ तोकिएको थियो । पछिल्लो समय प्रत्येक दिन डलरको भाउ बढिरहेको छ । यसको असरले समेत सुनको भाउ ओरालो लागेको हो । 

ग्लोबल मार्केटमा डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेसँगै डलर तीव्र गतिमा महंगो भइरहेको छ । डलरको मजबुती र त्योसँग रुपैयाँ अवमूल्यन बढिरहनु भनेको आगामी दिनमा सुन अझ धेरै घट्नसक्ने संकेत हो । 

लगानीका धेरै क्षेत्रमध्ये सुनलाई ‘लगानीको स्वर्ग’ मानिन्छ । तर सुनको भाउमा देखिएको तीव्र गिरावटका कारण सुन बिक्री गरी सो रकम राम्रा कम्पनीको सेयर तथा राम्रा म्युचुुअल फण्डमा लगानी गर्ने बढेका छन् । 

ब्याजदरको त्रास पनि कारक
मिडिया रिपोर्टहरुका अनुसार डिसेम्बरमा अमेरिकी सेन्ट्रल बैंकले ब्याजदर बढाउने संकेत  गरेको छ र यही कारण समेत सुनको मूल्यमा भारी गिरावट आइरहेको हो । नेपालको सुनबजारको उतारचढाव पनि सोझै ग्लोबल मार्केटसँग सम्बन्धित भएकाले त्यसैको असर अहिले देखिएको छ । 

सुनको मूल्य के हुने भन्ने बिषयको मुख्य चाबी ठानिने अमेरिकी फेडरल रिजर्ब बैंकको बैठक आगामी डिसेम्बरमा हुन गइरहेको छ । यो बैठकले ब्याजदर बढाउने निर्णय गर्ने छ । ब्याजदर बढेपछि लगानीकर्ताहरुसँग लगानीका कैयन विकल्पहरु निस्किन्छन् र यही कारण सुनको मूल्यमा अझ गिरावट आउनसक्नेछ । 

SPDR होल्डिङ्सले १६ टन सुन बेच्यो
आगामी दिनमा सुनको मूूल्य अझ घट्ने संकेत पाएपछि विश्वको सबैभन्दा ठूलो एक्सचेञ्ज टे«ड्रेड फण्ड(इटीएफ)ले
SPDR होल्डिङ्सले खुल्ला बजारमा १६ टन सुन बिक्री गरिदिएको छ । यसकारण पनि धेरैले विश्लेषण गर्न थालेका छन् कि सुनको लगानी आगामी दिनमा जोखिमपूर्ण हुनसक्छ । विज्ञहरुको भनाईमा डिसेम्बर अन्तसम्ममा सुनको मूल्य निकै तल झर्नसक्ने अधिक संभावना छ । 

सुनको यस्तो उतारचढाव
२०७३ लागेदेखि सुनको मूल्यमा निकै ठूलो उतार चढाव भइरहेको छ । २०७३ बैशाखमा सुन प्रतितोला ५४ हजार ५०० को न्यून विन्दूूमा झरेको थियो । यो महिना सबैभन्दा बढी ५७ हजार प्रति तोलासम्म सुन कारोबार भयो । 

जेठ १६ गते ५४ हजार २ सयमा झरेको सुनको मूूल्य महिनाकै उच्च विन्दू अर्थात जेठ ३२ गते ५६ हजार ६ सय पुुगेको थियो । असारमा सुनको भाउ वृद्धि भई तोलाको ५९ हजारसम्म पुुगेको थियो । यो महिना सुन ५६ हजार देखि तल झर्नुपरेन । 

साउनमा ५९ हजार ३ सय सम्म पुुगेको सुन यो महिनाभत्रि ५८ हजार २ सयदेखि तल झरेन । भदौमा पनि अधिकतम मूल्य ५९ हजार ३ सय नै रहे पनि ५८ हजार १ सय सम्म झरेर कारोबार भयो । 

असोजमा अधिकतम ५९ हजार र न्यूनतम ५६ हजार प्रति तोलामा सुन किनबेच भयो । कात्तिकमा भने सुन घटेर अधिकतम ५६ हजार ९ सय र न्यूनतम ५५ हजारमा कारोबार भयो । 

मंसिर १ गते ५५ हजार प्रति तोला रहेको सुन भाउको ७ र ८ गते ५५ हजार ४ सय कायम भएको थियो । त्यसपछिका बाँकी दुुई दिनमा चाहि भाउ निकै घटेको हो ।