काठमाण्डौ । महालक्ष्मी विकास बैंकको आज डाकिएको २० औँ वार्षिक साधारणसभामा सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम स्थगित गरिएको छ।
उच्च अदालतको आदेशपछि शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभामा सञ्चालक निर्वाचनको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। बैठकले साधारणसभाको अजेन्डामा रहेको सञ्चालक निर्वाचनको कार्यक्रम अदालतको अर्को आदेश नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
एजीएमबाट बैंकले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम तय गरेको थियो । तर बैंकका सेयरधनी गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।
अदालतले विपक्षीहरुको नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न र अर्को आदेश नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ । यसका साथै अदालतले दुवै पक्षलाई आउँदो माघ ३ गते छलफलका लागि डोकेको छ।
सोही कारण सञ्चालक समितिको शुक्रबार बसेको आकस्मिक बैठकले सञ्चालकको निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम अर्को सूचना प्रकाशित नभएम्मका लागि स्थगित गरी वार्षिक साधारणसभाका अन्य कार्यक्रम यथावत सञ्चालन हुने निर्णय गरेको हो।
19 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago