काठमाण्डौ । पछिल्लोपटक सेयर बजारले आधार विन्दु १८५० बाट बढेर गति लिएको थियो। त्यहाँबाट बढेको बजार २२७५ सम्म पुगेको थियो। पुनः केही अंकको करेक्सनपछि बजार आज २१८३ मा बन्द भएको छ।
जनावरी महिनाको सुरुआतदेखि हालसम्मको बजारलाई रेखा तानेर हेर्दा अहिले सिमेट्रिकल प्याट्रन बनेको देखिन्छ। खासगरी सिमेट्रिकल प्याट्रन भनेको साइडवेज बजार हो। तर, यस्ता प्याट्रनलाई पनि बुलिस र बियरिस भनेर छुट्याउन सकिन्छ।
यदि सिमेट्रिकल प्याट्रनभित्र ‘डब्ल्यू’ आकार बनाउँदै डाउ थेउरीका हायर हाई र हायर लोका सिरिज बन्छन् भने त्यसले माथि ब्रेक-आउट गर्ने सम्भावना देखिन्छ। त्यसलाई बुलिस सिमेट्रिकल भन्ने बुझिन्छ। (हेर्नुहोस् पहिलो तस्बिर)
त्यसविपरीत यदि सिमेट्रिकल प्याट्रनमा ‘एम’ आकार बन्छ भने त्यसले तल ब्रेक–डाउन गर्ने सम्भावना हुन्छ। जसलाई बियरिस सिमेट्रिकल भनेर बुझिन्छ। (हेर्नुहोस् दोस्रो तस्बिर)
अहिलेका अवस्था कस्तो ?
बजारमा २१०० को विन्दुदेखि २२७५ सम्मको बजारलाई रेखा तानेर हेर्दा सिमेट्रिकल ट्रयांगल बनेको देखिन्छ (हेर्नुहोस् तेस्रो तस्बिर)। यसले ‘डब्ल्यू’ आकार बनाउँदै पटक–पटक अप ट्रेन्ड अर्थात् २२०० को विन्दुमा ३ पटक प्रतिरोध सामना गरेको छ। तर, बजारले यहाँभन्दा माथि जान भने सकेको छैन।
यसभन्दा अघि १९९० को विन्दुमा पनि पाँचौँपटकको प्रयासपछि बजार माथि गएको थियो। यस हिसाबले अझै १–२ पटक २२०० कै विन्दुमा बजारले प्रतिरोधको सामना गर्न सक्छ र त्यसपछि मात्रै माथिको यात्रा तय गर्न सक्छ। यसकारण अहिले बनेको प्याट्रन बुलिस सिमेट्रिकल ट्रायंगल नै रहेको भन्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago