काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६ लाख ६ हजार रुपैयाँमात्रै घाटा व्यहोरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युती बिक्रीबाट आम्दानी गरिसकेको थिएन। गत पुस मसान्तसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १५ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको थियो। पुसको तुलनामा विद्युत बिक्रीबापत हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
यद्यपि नेपाल विद्युत प्राधिकरणले विद्युतको व्यावसायिक उत्पादनमा ढिलाइ गरेको भन्दै यो कम्पनीलाई १३ करोड ४२ लाख ७५ हजार ८४ रुपैयाँ जरिवाना गरेको थियो। यो कम्पनीले गत मंसिर ६ गतेबाट मात्रै विद्युत उत्पादन थालेको थियो।
चुक्तापुँजी १ अर्ब ८२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ३३ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीको रिजर्भ ९ करोड ३६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिककृत प्रतिसेयर आम्दानी १२.९८ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८१.९३ रुपैयाँ रहेको छ।
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago