काठमाण्डौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैंतिहारको उपलक्ष्यमा ल्याएको 'यसपालिको दसैं तिहारः वेलकम टु ह्युन्डई परिवार' अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ।

यो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा स्क्रयाच कार्डमार्फत थप १ लाखसम्मको नगद छुटका साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मानस्वरुप बिशेष प्याकेज तथा बम्पर उपहारअन्तर्गत लक्कि ड्रमार्फत १–१ जना विजेतालाई हुन्डाई GRAND i10 NIOS (Magna) र हुन्डाई AURA (S) जित्ने मौका थियो।

यो अफरको विजेताको घोषणा हिमालय टीभीमार्फत लाइभ  लक्की ड्रमार्फत साउन ११ गते सोमबार गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथिहरुमा  कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा पूर्वराष्ट्रिय फुटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए। 

यो अफरअनुरुप पहिलो बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४४५ काठमाण्डौको मैतीदेवीका श्यामप्रसाद पौडेलले हुन्डाई GRAND i10 NIOS (Magna) जितेका छन्। 

त्यसैगरी यही अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १६१७ चितवनको भरतपुरका चेतनारायण सापकोटाले हुन्डाई AURA (S) जितेका छन्। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ। यो अफरमार्पmत पनि ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो। यो अफर योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागू गरिएको थियो।