एजेन्सी । स्मार्टफोन प्रयोगकर्ता धेरैको एउटै गुनासो हुन्छ, मोवाइलको ब्याट्री दिनभरि समेत टिक्दैन । तर आफ्नो स्मार्टफोन प्रयोग गर्ने तरिकामा केही परिवर्तन गरे चाँडै व्याट्री सकिने समस्याबाट तपाईंले सहजै मुक्ति पाउन सक्नुहुन्छ । 
 

स्मार्टफोनमा तपाईले जे डाटा प्रयोग गर्नुहुन्छ, त्यसलाई विज्ञापन दिने कम्पनीले पनि चूपचाप प्रयोग गरिरहेको हुन्छ । जब तपाईं कुनै निःशुल्क एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुहुन्छ, त्योसँगै विज्ञापन समेत तपाईले देख्नुपर्ने हुन्छ । यो तपाईंको डाटा प्रयोग गरी स्मार्टफोनमा आफैं डाउनलोड भइदिन्छ । 
 

जति जति स्मार्टफोनमा विज्ञापनको संख्या बढिरहेको हुन्छ, यस्ता विज्ञापनलाई ब्लक गर्ने सफ्टवेयर प्रयोगकर्ताहरुले बढी नै रुचाइरहेका छन् । 
 

यदि तपाई विज्ञापनलाई रोक्ने(ब्लक गर्ने) एप डाउनलोड गर्नुहुन्छ भने तपाईँको डाटाको खर्च पनि कम भएर जान्छ र स्मार्टफोनको ब्याट्री समेत पहिला भन्दा बढी टिकाउ हुन्छ । 
 

‘द वायरकटर’को रिपोर्ट अनुसार अनावश्यक विज्ञापनलाई रोक्ने सफ्टवेयर डाउनलोड गर्दा तपाईको स्मार्टफोनको ब्याट्री बढी टिकाउ हुन्छ । एण्ड्रोइड र आइफोन प्रयोगकर्ताले समेत यस्ता सफ्टवेयर डाउनलोड गरेर अनावश्यक विज्ञापन रोक्न सकेको खण्डमा धेरै समय मोवाइल चलाएर पनि ब्याट्रीको टिकाउ क्षमता बढाउन सक्ने रिपोर्टमा उल्लेख छ । अध्ययनको क्रममा विज्ञापनलाई ब्लक गरिएको स्मार्टफोनको ब्याट्री विज्ञापन खुल्ला गरिएको फोनको ब्याट्रीभन्दा ५० प्रतिशत बढी बचत भएको पाइएको थियो ।