काठमाण्डौ । दशैंको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔं दशैं १५ दिनै कनेक्ट आइपीएससँगै“ भन्ने योजना ल्याएको छ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म कनेक्ट आइपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउनसक्ने व्यवस्था गरेको छ, जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले रु १,००० को गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपीएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले यसको मोवाइल एप्समा रहेको टान्सफर डिजिटल दक्षिणामा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने विज्ञप्तिमा उल्लेख छ । 

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा एकपटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्ने बताइएको छ ।