काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी भव्यताका रूपमा मनाएको छ। 

बैंकले प्रदेश १ मा रहेका आफ्ना १६ वटै शाखाबाट मन्दिर तथा स्थानीय परिसर सरसफाइ तथा हरियाली संरक्षण कार्यक्रम सम्पन्न गरेको छ। यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरेस्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारेस्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्धाश्रम नेपाल मन्दिर परिसरमा वृक्षरोपण तथा डस्बिन वितरण गरेकोे छ। 

बैंकले वातावरणप्रतिको जिम्मेवारी वहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधानवाहक रहेको कुरालाई आत्मसाथ गर्दै ती कार्यक्रमहरु गरेकोे हो। वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा रहेका १६ वटै शाखाबाट बैंकले वृक्षरोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कुमारी बैंकले देशभर रहेका १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।