काठमाण्डौ । देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई प्राप्ति गरी बिहीबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ । 

राजधानीमा आयोजित एक समारोहका बीच एकीकृत कारोबारको नेपाल राष्ट्रबैंकको कामुु गभर्नर चिन्तामणि शिवाकोटीले शुुभारम्भ गरे । 

राष्ट्रिय स्तरको बलियो विकास बैंक बन्ने दौडमा रहेको देवः विकास बैंकले युनियन फाइनान्स र साझा विकास बैंकलाई गाभेको हो । यसपछि यो बैंकले साहारा विकास बैंकलाई समेत गाभ्नेछ, जसको प्रक्रिया हाल जारी रहेको छ । 

एकीकृत कारोबार शुुभारम्भ समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले दुुई बित्तीय संस्था गाभेपछि देवः विकास बैंकको चुक्तापूँजी २ अर्ब २८ करोड पुुगेको जानकारी दिए । गत वर्षको वितरणयोग्य नाफाबाट बोनस सेयर दिई तथा केही हकप्रद सेयर समेत निश्कासन गरी नेपाल राष्ट्रबैंकले तोके अनुसार २ अर्ब ५० करोड माथि चुक्तापूँजी पुर्याइने उनले जानकारी दिए । 

सीइओ श्रेष्ठका अनुसार आगामी चैतसम्म साहारा विकास बैंकलाई समेत प्राप्ति गरिसकिने र त्यसपछि बैंकको चुक्तापूँजी २ अर्ब ८० करोड माथि पुुग्नेछ । 

युनियन फाइनान्स र साझा बैंकलाई गाभेपछि देवः विकास बैंकले पूर्वको पथरीदेखि पश्चिमको महेन्द्रनगरसम्म फैलिएका ४० शाखा तथा ९ एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गर्ने जानकारी दिए । साहारालाई प्राप्ति गरेपछि मध्यतराईका क्षेत्रमा समेत देवः विकास बैंक बलियो रुपमा उपस्थित हुने उनले जानकारी दिए । 

बैंकले निकट भविष्यमै कोहलपुर, नेपालगञ्ज, बुटवल, वीरगञ्ज जस्ता व्यापारिक शहरमा शाखा बिस्तारको योजना बनाएको समेत श्रेष्ठले जानकारी दिए । ‘ग्रामीण क्षेत्रमा शाखा बिस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा लगानी हाम्रो प्राथमिकतामा हुनेछ ।’–उनले भने । 

सीइओ श्रेष्ठले आक्रामक सेवा बिस्तार गरी देवः विकास बैंकलाई देशकै उत्कृष्ट बैंक बनाइने उद्घोष समेत गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले राष्टबैंकको धेरै नीतिहरुका कारण बैंक तथा बित्तीय संस्थालाई बाधेका कारण उनीहरुको ध्यान धेरै नाफा कमाएर सेयरधनीलाई बढी लाभांश दिनमा मात्रै केन्द्रीत रहेको टिप्पणी गरे । उनले राष्ट्रबैंकले सहयोग गरे आगामी दिनमा बैंकले विकास र प्रोजेक्ट आधारित कर्जा दिन तयार रहेको बताए ।