– रेखा चन्द

काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंक हो, राष्ट्रिय वाणिज्य बैंक। बैंकको स्थापना रा.वा. बैंक ऐन, २०२१ अन्तर्गत वि.सं. २०२२ साल माघ १० गते भएको हो। 

देशकै उच्च हिमाली मानव बस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ धोमा शाखा कार्यालय डोल्पो बुद्ध सञ्चालनमा ल्याएर वित्तीय पहुँच पुर्याउन सफल भएको बैंकले हाल ७७ वटै जिल्लामा आफ्नो उपस्थिति जनाइसकेको छ। बैंकले अहिलेसम्म सातै प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, २७२ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङबाट वित्तीय सेवा प्रदान गरिरहेको छ।

बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुँचका लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवा लक्षित बैंकिङ कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ। बैंकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पिओेएस, ब्रान्चलेस बैंकिङ, सी–आस्बा, लकरलगायतका थुप्रै सेवा प्रदान गरिरहेको छ। 

बैंकले सेवाग्राहीलाई बचत खातामा पनि आकर्षक सुुविधा दिँदै आएको छ।

यस्ता छन् बैंकका बचत सुविधा

१. फुल डबल फिक्स्ड डिपोजिट अकाउन्ट 

विशेषता
क. नामः फुल डबल फिक्स्ड डिपोजिट अकाउन्ट

ख. योग्यताः नेपाली नागरिकमात्र 

ग. न्यूनतम मौज्दातः इनिसियल न्यूनतम मौज्दात रु. १ लाख 

घ. रकम फिर्ता दिनेः ६ वर्ष ७ महिना २३ दिनपछि करकट्टीपछिको रकम डब्बल हुने। 

ङ. निक्षेपको धितोमा कर्जा सापटी रकमः जम्मा भएको निक्षेप रकमको ९०% सम्म।

च. एटीएम, डेबिट कार्ड, मोबाइल बैंकिङको रजिस्ट्रेसन पहिलो वर्ष निशुल्क, दोस्रो वर्षदेखि ५०%।

छ. क्रेडिट कार्ड सेवामा प्रकाशित सेवा शुल्कमा ५० प्रतिशत छुट।

ज. पहिलो वर्ष लकर सुविधाको वार्षिक शुल्कमा १००% छुट।

२. सामान्य बचत खाता 

न्यूनतम मौज्दात १००० मा खाता खोल्न सकिने। यसमा बैंकले ६.०३% ब्याज दिने।

३. रा.वा. बैंक विशेष बचत खाता

न्यूनतम मौज्दात ५००० मा खाता खोल्न सकिने। यसमा बैंकले ७.०५% ब्याज दिने।

४. रा.वा. बैंक सुुनौलो बचत खाता

बैंकको सुुनौलो बचत खाता न्यूनतम मौज्दात रु. ५ हजारमा खोल्न सकिनेछ। जसमा ७.०५% ब्याज तोकिएको छ।

५. रा.वा. बैंक डायमन्ड बचत खाता

यस खाताअन्तर्गत ७.०५% ब्याज पाइनेछ। न्यूनतम मौज्दात रु. ५ हजार रहेको छ।

६. कार्ययोगी बचत खाता

कार्ययोगी बचत खाता खोल्ने ग्राहकले पनि ७.०५% ब्याज प्राप्त गर्नेछन्। न्यूनतम मौज्दात रु. ५ हजार तोकिएको छ। 

७. महालक्ष्मी बचत खाता 

यसमा पनि न्यूनतम मौज्दात रु. ५ हजार तोकिएको छ। ग्राहकले ७.०५% ब्याज पाउनेछन्। 

८. छुुनामुुना बचत खाता 

प्रतिमहिना न्यूनतम निक्षेप रु. ५०० राख्नुपर्नेछ। यसमा पनि ग्राहकले ७.०५% ब्याज पाउनेछन्। 

९. शिक्षक बचत खाता 

शिक्षक बचत खातामा ७.०५% तोकिएको छ भने न्यूनतम मौज्दात रु. ५०० मा खाता खोल्न सकिनेछ।

१०. नेपाल सरकार पेन्सनर बचत खाता 

न्यूनतम ब्यालेन्स शून्य। ७.०५% ब्याजदर पाइने।

११. रा.वा. बैंक पेन्सनर बचत खाता 

रा.वा. बैंक पेन्सनर बचत खाता न्यूनतम मौज्दात शून्यमा खोल्न सकिनेछ। यसमा ७.०५% ब्याजको व्यवस्था गरिएको छ। 

१२. सामाजिक सुुरक्षा बचत खाता

ग्राहकले ब्याजदर ७.०५% पाउनेछन्। न्यूनतम ब्यालेन्स शून्य। 

१३. सशस्त्र प्रहरी बचत खाता 

सशस्त्र प्रहरी बचत खाता न्यूनतम ब्यालेन्स शून्य। यसमा ७.०५% प्राप्त गर्न सकिनेछ।

१२. प्रहरी बचत खाता 

प्रहरी बचत खातामा ग्राहकले ब्याजदर ७.०५% पाउनेछन्। न्यूनतम ब्यालेन्स शून्य। 

१४. युनिभर्सिटी पेन्सन बचत खाता

ब्याजदर ७.०५% पाइनेछ। शूुन्य ब्यालेन्स खाता खोल्न सकिने।

१५. नेपाल दूरसञ्चार पेन्सनर बचत खाता

शून्य ब्यालेन्स खाता खोल्न सकिने। ब्याजदर ७.०५% तोकिएको छ। 

१६. कृषि अनुसन्धान पेन्सनर बचत खाता 

कृषि अनुसन्धान पेन्सनर बचत खाता शून्य ब्यालेन्स खोल्न सकिने छ। यसमा ७.०५% ब्याजको व्यवस्था बैंकले गरेको छ। 

१७. दीर्घायुु बचत खाता

न्यूनतम ब्यालेन्स रु. १ हजार। ७.०५% ब्याजदर पाइने।

१८. मुुआब्जा बचत खाता

ब्याजदर ७.०५% पाइनेछ। शून्य ब्यालेन्समा खाता खोल्न सकिने।

१९. भूकम्पपीडित बचत खाता 

यो खाता पनि शून्य ब्यालेन्समा खोल्न सकिनेछ। ब्याजदर ७.०५% पाइनेछ।

२०. रा.वा. बैंक कर्मचारी बचत खाता 

न्यूनतम ब्यालेन्स रु.१००। ७.०५% ब्याजदर पाइने।

२१. नेपाल आर्मी कर्मचारी बचत खाता

नेपाल आर्मी कर्मचारी बचत खाता शून्य ब्यालेन्समा खोल्न सकिन्छ। बैंकले यसमा ७.०५% ब्याज दिँदै आएको छ। 

२२. तलबी बचत खाता 

न्यूनतम ब्यालेन्स शून्य। ७.०५% ब्याजदर पाइने। 

२३. रा.वा. बैंक समृद्धि बचत खाता 

यसमा १०० रुपैयाँ बैंकतर्फबाट जम्मा गरिनेछ। यो खाता खोल्ने ग्राहकले ८.०३% ब्याज पाउनेछन्।

२४. छोरी सुुरक्षा बचत खाता (कर्णाली)

छोरी सुुरक्षा बचत खाता (कर्णाली) न्यूनतम ब्यालेन्स शून्यमा खोल्न सकिनेछ। बैंकले यसमा ७.०५% ब्याज दिएको छ। 

२५. रा.वा. बैंक रेमिट्यान्स बचत खाता 

यसमा ९.०३% ब्याज दिएको छ। न्यूनतम ब्यालेन्स शून्य।

२६. बचत निक्षेप (विदेशी मुुद्रामा)

अमेरिकी डलरमा न्यूनतम ब्यालेन्स २००–२.०५% ब्याजदर

युरोमा न्यूनतम ब्यालेन्स २००–०.७५% ब्याजदर

अन्य मुद्रामा न्यूनतम ब्यालेन्स यूएसडी २०० बराबर– ०.७५% ब्याजदर।

मुद्दति निक्षेप (स्वदेशी मुुद्रामा)

२७. साधारण मुद्दति निक्षेप

  • ३ महिनादेखि ३ वर्षसम्म। न्यूनतम मौज्दात रु. ५ हजार। व्यक्तिगतमा ११.०३% र संस्थागततर्फ १०.०३% ब्याजदर रहेको छ। 
  • २८. रा.वा. बैंक विशेष मुद्दति निक्षेप
  • ३ महिनादेखि ५ वर्षसम्म। मौज्दात न्यूनतम रु. १० हजार। व्यक्तिगतमा ११.०३% र संस्थागततर्फ १०.०३% ब्याजदर रहेको छ। 
  • ३ महिनादेखि ५ वर्षसम्म। न्यूनतम मौज्दात रु. १ लाख। संस्थागत (बिड) १०.०३% र नवीकरण गर्दा १०.१३%। 

२९. रा.वा. बैंक रेमिट्यान्स मुद्दति निक्षेप

३ महिनादेखि ३ वर्षसम्म। न्यूनतम मौज्दात रु. १० हजार। ब्याजदर १२.०३% रहेको छ।

३०. रा.वा. बैंक मुद्दति निक्षेप (राष्ट्रिय गौरव आयोजना प्रभावितहरुका लागिमात्रै)

३ महिनादेखि २ वर्षसम्म। न्यूनतम मौज्दात रु. ५ हजार। ब्याजदर ११.०३% रहेको छ।

३१. कर्मचारी बीमा/खजान्ची जमानतअन्तर्गत बैंकले ११.०३% ब्याज दिनेछ। 

३२. रा.वा. बैंक अक्षय कोष मुद्दति निक्षेप 

न्यूनतम १ वर्ष। न्यूनतम मौज्दात ५० हजार। ब्याजदर ११.०३%।

३३. नेपाल आर्मी मुद्दति निक्षेप 

यसमा न्यूनतम मौज्दात आपसी समझदारीमा हुनेछ भने ब्याजदर पनि आधार दरबराबर हुनेछ। 

३४. रा.वा. बैंक रिकरिङ मुद्दति निक्षेप

  • १ वर्षदेखि ५ वर्षसम्म। न्यूनतम मौज्दात रु. १ हजार। ब्याजदर ११.०३% रहेको छ।
  • ६ वर्षदेखि १० वर्षसम्म। न्यूनत मौज्दात रु. १ हजार। ब्याजदर ११.०३% रहेको छ।

३५. मुद्दति निक्षेप (विदेशी मुुद्रामा) 

१ वर्षदेखि २ वर्षसम्म 

  • अमेरिकी डलरः न्यूनतम मौज्दात र ब्याजदर दुवै आपसी समझदारीमा
  • युरोः न्यूनतम मौज्दात र ब्याजदर दुवै आपसी समझदारीमा
  • अन्य मुुद्राः न्यूनतम मौज्दात र ब्याजदर दुवै आपसी समझदारीमा।

३६. चल्ती निक्षेप (विदेशी मुुद्रामा) 

अमेरिकी डलर न्यूनतम मौज्दात ५००, युरो न्यूनतम मौज्दात ५०० र अन्य मुुद्रा यूएसडी ५०० बराबर।

३७. कल निक्षेप (स्वदेशी मुुद्रामा)

न्यूनतम मौज्दात आपसी समझदारीमा तोकिने। ब्याजदर ३.०१५%।

३८. कल निक्षेप (विदेशी मुुद्रामा)

अमेरिकी डलर, युरो र अन्य मुुद्रा न्यूनतम मौज्दात र ब्याजदर दुवै आपसी समझदारीमा तोकिने।

३९. चल्ती निक्षेप (स्वदेशी मुुद्रामा)

बैंक तथा वित्तीय संस्थाहरु

  • वाणिज्य बैंक: १० लाख÷नोटकोष प्रयोजनको लागि नोटकोष भएको शाखामा शून्य मौज्दातमा खाता खोल्न सकिने।
  • विकास बैंकः न्यूनतम ब्यालेन्स ८ लाख
  • फाइनान्स कम्पनीः न्यूनतम ब्यालेन्स ६ लाख
  • लघुुवित्तसँग सम्बन्धित विकास बैंकः न्यूनमत ब्यालेन्स ५० हजार 
  • नेपाल बैंक लिमिटेड: १० लाख/नोटकोष प्रयोजनका लागि नोटकोष भएको शाखामा शून्य मौज्दातमा खाता खोल्न सकिने।
  • कृृषि विकास बैंक: बैंकिङ कारोबार गर्ने शाखा रु. ५ लाख, बैंकिङ कारोबार नगर्ने रु.२ लाख र नोटकोष प्रयोजनका लागि नोटकोष भएको शाखामा शून्य मौज्दातमा खाता खोल्न सकिने।
  • ग्रामीण विकास बैंकहरुः न्यूनमत ब्यालेन्स ५० हजार 
  • सबै सहकारी संस्थाः न्यूनमत ब्यालेन्स १० हजार 
  • सबै किसिमका स्कुुल तथा कलेजः न्यूनतम ब्यालेन्स १ हजार 
  • अन्य संगठित संस्था, फर्म, कम्पनी आदि सबैः १० हजार मुुख्य शाखा कार्यालय वा अन्य सबै शाखा कार्यालयमा न्यूनतम रु. ३ ब्यालेन्स।