– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्राथमिकतामा राखे पनि चाडपर्वका बेलामा भने नोटहरु कै प्रयोग बढी हुने गर्दछ। 

दसैँ, तिहारलगायतका पर्वमा नोटको साट्टो डिजिटल दक्षिणा दिनुपर्छ भनेर केही वर्षअघिदेखि बहस चलिरहेको भए पनि नोटको प्रयोग उत्तिकै भइरहेको छ। डिजिटल दक्षिणालाई प्रवर्द्धन गर्नका लागि दसैँमा विभिन्न बैंकहरुले हरेक वर्ष आकर्षक खालका स्किम पनि ल्याइरहेका हुन्छन्। विशेषगरी बैंंकहरुले डिजिटल दक्षिणा दिँदा ग्राहकलाई क्यासब्याक प्रदान गर्ने योजना ल्याउने गरेका हुन्। 

तथ्यांक हेर्दा सम्रग डिजिटल भुक्तानी भने निकै बढेको छ। तर, राष्ट्र बैंक दक्षिणा पनि नोट नभएर सर्वसाधारणले डिजिटल नै प्रयोग गरुन् भन्ने पक्षमा छ। नोटको छपाइको कस्ट महँगो पर्ने, नोटको जतन नहुँदा छिटो फाट्नेलगायत हुँदा केन्द्रीय बैंकले यस्तो उद्देश्य राखेको हो।

यसो त कोरोना महामारीपछि डिजिटल कारोबार तथा भुुक्तानी गर्नेको संख्या र परिमाण बढेको केन्द्रीय बैंकले जनाएको छ। तर, पनि यो कार्यलाई सर्वसाधारणले बढीभन्दा बढी प्राथमिकता राखुन् भन्ने पक्षमा राष्ट्र बैंक छ। गत आर्थिक वर्ष २०७८–८९ को असार मसान्तसम्ममा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। 

कतिपयले डिजिटल दक्षिणा दिन थालिसकेका छन् भने अधिकांश मानिसले नोटकै प्रयोग गर्दछन्। तर, नोट दिनुुभन्दा डिजिटल दक्षिणा दिँदा धेरै फाइदा हुने राष्ट्र बैंकका मुुद्रा व्यवस्थापन विभागका प्रमुुख रेवतीप्रसाद नेपाल बताउँछन्। 

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदा-

  • चोरी/नोक्सानी हुँदैन
  • पैसा दिनुु नपर्ने।
  • पैसा फोहोर हुँदैन।
  • सुुरक्षाको जोखिम नहुने।
  • संरक्षणको जोखिम नहुने।
  • सेटलमेन्टको तुरुन्त समाधान हुने।
  • नोटको छपाइ खर्च कम हुने।