काठमाण्डौ । साताको तेस्रो काराबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुले अब बजारमा महौल बन्न थालेको तर्क गर्दै थिए। ‘कम्पनीका सेयरमूल्य निकै सस्तो भइसकेको छ’, उनले भने, ‘अब बजार यहाँभन्दा तल जाँदैन। त्यसैले खरिद गर्दै जानुपर्छ।’
आज बढेको बजारमा उच्च कारोबार गर्ने १० ब्रोकरको सूचीको शीर्ष स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) नै रहेको छ। नासाको बिक्रीभन्दा खरिद बढी देखिन्छ। नासाले ९ करोड ५२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ९ कारोड ४७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ।
कारोबारका हिसाबले दोस्रो नम्बर आज इम्पेरियल सेक्युरिटिज(स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। इम्पेरियलले ७ करोड ५९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ६ करोड ३० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५ ) रहेको छ। यो ब्रोकरले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ७ करोड ४३ लाख रुपैयाँबराबर सेयर बिक्रि गरेर ४ करोड ७९ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) चौथो स्थानमा रहेको छ। डाइनामिकले ६ करोड ९९ लाख रुपैयाँको बिक्री गरेको छ भने ५ करोड १० लाख रुपैयाँको खरिद गरेको छ।
उच्च कारोबार गर्नेको सूचीमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) पाचौँ स्थानमा रहेको छ। यो ब्रोकरको पनि सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ। यो ब्रोकरले ६ करोड ७३ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ४ करोड ८८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
कारोबारका हिसाबले नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४) छैटौँ स्थानमा छ। यो ब्रोकरले ६ करोड ५८ लाख रुपैयाँबराबरको सेयर खरिद तथा ३ करोड ७३ लाख रुपैयाँबराबरको सेयर बिक्रि गरेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ।
सातौँ स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं.४९)ले खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ५ करोड ३ लाख रुपैयाँको सेयर खरिद गरेर ४ करोड ७९ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
त्यसैगरी दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) आठौँ स्थानमा छ। यो ब्रोकरको खरिदतर्फ ४ करोड ९८ लाख रुपैयाँ र बिक्रीतर्फ ४ करोड १ लाख रुपैयाँ रहेको छ।
नवौँमा रहेको श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नं. २८)ले ५ करोड ८२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ७९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यस हिसाबले यो ब्रोकरको सेयर खरिदभन्दा बिक्री बढी देखिएको छ।
कारोबारका हिसाबले दसौँमा आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) रहेको छ। यो ब्रोकरले ५ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड २३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago