काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड २७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ७८ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तथा बिमा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष १४ करोड ३८ लाख रहेको जगेडाकोष बढेर १६ करोड ६७ लाखको भएको छ भने ९ करोड ७६ लाख रहेको बिमा कोष बढेर १५ करोड ७१ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले बिमा शुल्कबाट ३८ करोड १९ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आर्जन ३४ करोड ३२ लाखमा सीमित थियो । 

कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय ५ करोड रहेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी ४ करोड १३ लाख थियो । यस्तै, लगानी कर्जा तथा अन्यबाट हुने आय समेत १ करोड ११ लाखबाट बढेर २ करोड १५ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले ७ करोड ११ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी ९ करोड ५५ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १३.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९७.८४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.७७ गुणा र प्रति सेयर कुल सम्पत्तिको मूल्य ५३२.६८ रुपैयाँ कायम भएको छ ।