काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८३ लाख १२ हजार रपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको सार्वजनिक प्रथम त्रैमास रिपोर्टअनुसार समीक्षा अवधिको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ३९ हजार रुपैयाँले कम हो । गत वर्ष संस्थाले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा १ करोड ३२ रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष १ करोड २४ लाख रुपैयाँमात्र थियो ।

त्यस्तै समीक्षा अवधिमा संस्थाले ४ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाले यस अवधिमा ९३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १७ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६४ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

संस्थाको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँमात्र थियो ।

संस्थाको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४७.५७ रुपैयाँ रहेको छ ।