काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
सोमबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्था खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६.०४ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा संस्थाको खुद नाफा ६ करोड ६९ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा पनि ५.८३ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ९ करोड ९८ लाख रुपैयाँमा सीमित बनेको छ। जब कि गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड ६० लाख रुपैयाँ रहेको थियो।
संस्थाले समीक्षा अवधिमा ११ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १० करोड ५८ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाले ७ अर्ब १ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ५ अर्ब ५४ करोड रुपैयाँ सापटी ५ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भको आकार समीक्षा अवधिमा १४.१८ प्रतिशतले बढेर १९ करोड ९० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भको आकार १७ करोड ४२ लाख रुपैयाँ रहेको थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.७२ रुपैयाँबाट घटेर १४.३४ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो ४८.४५ गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ भने १२२.७० रुपैयाँ रहेको छ।
17 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago