काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

मन्त्रालयले आगामी सेप्टेम्बर २ तारिख (भदौ १७ गते) देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्नका लागि तालिका सार्वजनिक गरेको हो। यसबारेमा मन्त्रालयले हिजो मंगलबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरिसकेको छ।

हाललाई मन्त्रालयले भदौ १७ गतेदेखि असोज १४ गतेसम्मको नियमित उडान तालिका स्वीकृत गरेको छ।

नियमित उडान तालिकाको सूची तल दिइएको छ–