काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाका भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक नबिल बैंक र योजना नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्सड फन्ड–२ को वित्तीय विवरण सार्वजनिक भएको हो। 

भदौ मसान्तसम्म नबिल इक्विटी फन्डको न्याभ १७.७४ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १९.२८ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी सूचीकृत सेयर र ११ करोड ५२ लाख रुपैयाँ ऋणपत्रमा लगानी भएको छ। त्यस्तै सूचीकृत नभएका सेयरमा ४९ लाख ११ हजार रुपैयाँ लगानी भएको छ। 

साउनमा सूचीकृत सेयरमा १ अर्ब ७५ करोड रुपैयाँ, सूचीकृत नभएका सेयरमा ६५ लाख ३७ हजार रुपैयाँ र ऋणपत्रमा ११ करोड ५६ लाख रुपैयाँ लगानी रहेको थियो।

भदौसम्म यस फन्डले कुल १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी २ अर्ब रुपैयाँ रहेको थियो। 

यो फन्डले भदौमा कुल २ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। साउनमा कुल आय १६ करोड २४ लाख रुपैयाँ रहेको थियो।

यसैगरी भदौ मसान्तसम्म नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ १७.४७ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ १८.८७ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी सूचीकृत सेयरमा र २१ करोड २३ लाख रुपैयाँ ऋणपत्रमा लगानी भएको छ। त्यस्तै सूचीकृत नभएका सेयरमा ४६ लाख ७८ हजार रुपैयाँ लगानी भएको छ। 

साउनमा सूचीकृत सेयरमा १ अर्ब ४७ करोड रुपैयाँ, सूचीकृत नभएका सेयरमा ६५ लाख ३७ हजार रुपैयाँ र ऋणपत्रमा २१ करोड ५९ लाख रुपैयाँ लगानी रहेको थियो।

भदौसम्म यस फन्डले कुल १ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। 

भदौमा यो फन्डले कुल ८५ लाख २८ हजार नोक्सानी व्यहोरेको छ। साउनमा कुल आय १४ करोड ८३ लाख रुपैयाँ रहेको थियो।