– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेप्सेमा रहेका १३ सेक्टरमध्ये लघुवित्त पनि एउटा हो। लघुवित्त लगानीकर्ताको रोजाइमा पर्न सफल भएको सेक्टर पनि हो।

आज हामीले सेयर बजारमा पछिल्लोपटक कारोबारमा आएका दुई लघुवित्त संस्था जाल्पा सामुदायिक र नेष्डो समृद्धको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ। दोस्रो बजारमा यी दुवै लघुवित्तको मूल्य हाल ३१०० रुपैयाँभन्दा माथि रहेको छ। 

जाल्पा सामुदायिक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यो लघुवित्तको चुक्तापुँजी १६ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ४७ प्रतिशतले बढी हो। यो लघुवित्तको रिजर्भमा ४७ करोड २६ लाख रुपैयाँबराबर रहेको छ। ईपीएस ६१.६६ प्रतिशत रहेको यो लघुवित्तको बुक भ्यालु ३९५ रुपैयाँ रहेको छ। यो लघुवित्तले गत वर्षको चौथो त्रैमासमा ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा १० करोड ३८ लाख रुपैयाँबराबर थियो। यो हिसाबले खुद नाफा ४.६६ प्रतिशतले घटेको छ। 

यो लघुवित्तको रिटर्न अन इक्विटी १५.५९ प्रतिशत र एनपीएल २.४६ प्रतिशत रहेको छ। 

नेष्डो समृद्ध

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यो लघुवित्तको चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४४.८७ प्रतिशतले बढी हो। संस्थाको रिजर्भमा ६१ करोड ९० लाख रुपैयाँ रहेको छ। ईपीएस ८७.०४ रुपैयाँ रहेको संस्थाको बुक भ्यालु ३४२ रुपैयाँ रहेको छ। यही अवधिमा संस्थाको खुद नाफा भने २२ करोड १९ लाख रुपैयाँ रहेको छ। एनपीएल ४.४७ प्रतिशत रहेको संस्थाको रिटर्न अन इक्विटी भने ३०.१६ प्रतिशत रहेको छ। 

चुक्तापुँजी, रिजर्भ, रिटर्न अन इक्विटी र खुद नाफाका आधारमा नेष्डो समृद्ध अगाडि देखिन्छ भने बुक भ्यालुमा  जाल्पा सामुदायिक अगाडि रहेको छ। एनपीएल भने नेष्डो समृद्धको बढी देखिन्छ। 

प्राविधिक पक्ष 

जाल्पा सामुदायिक 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

यो लघुवित्तको फियर एन्ड ग्रिडका आधारमा ५० को जोन अथवा न्युट्रल सेन्टिमेन्टमा देखिन्छ। यस्तो मिटर २० भन्दा तल भएमा अधिक डराएको र ८० भन्दा माथि भएमा लगानीकर्ता अधिक लोभिएको बुझिन्छ। 

सुपर ट्रेन्डका आधारमा

यो लघुवित्तको सुपर ट्रेन्डका आधारमा अझै पनि  बुलिस नै रहेको देखिन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि नै रहेका छन् भने सुपर ट्रेन्डको रङ पनि हरियो नै रहेको छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

यो लघुवित्तको बोलिंगर ब्यान्डका आधारामा मूल्यरेखाहरु मध्य ब्यान्डभन्दा माथि–माथि कारोबार भएका छन्। ब्यान्ड केही साँघुरिँदै गएका कारण संस्थाको मूल्य साइडवेजमा चलेको देखिन्छ। म्याक्डीमा हिस्टोग्राम नेगेटिभ तर छोटा–छोटा हुँदै गएको देखिन्छ। आरएसआई भने ५० को न्युट्रल जोनबाट ५९ को तहमा अप ट्रेन्डको यात्रामा देखिन्छ। 

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविश्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३०८४
  • प्रतिरोध २– ३१९८
  • प्रतिरोध ३– ३३८२

पिभट प्वइन्टः ३०८४

घटेमा सपोर्ट

  • सपोर्ट १– २९०१
  • सपोर्ट २– २६०५
  • सपोर्ट ३– २७८९

नेष्डो समृद्ध

फियर एन्ड ग्रिड मिटरका आधारमा 

यो लघुवित्तको फियर एन्ड ग्रिड मिटरका आधारमा साप्ताहिक बुलिस सेन्टिमेन्ट देखिन्छ। यस्तो मिटर २० भन्दा तल भएमा अधिक डराएको र ८० भन्दा माथि भएमा लगानीकर्ता अधिक लोभिएको बुझिन्छ। 

यो लघुवित्तको सुपर ट्रेन्डका आधारमा अझै पनि बुलिस नै रहेको देखिन्छ। मूल्यरेखाहरु सुपर ट्रेन्डभन्दा माथि नै रहेका छन् भने सुपर ट्रेन्डको रङ पनि हरियो नै रहेको छ। 

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

यो लघुवित्तको बोलिंगर ब्यान्डका आधारमा मूल्यरेखाहरु तल्लो ब्यान्डभन्दा माथि कारोबार भएका छन् भने पछिल्लो क्यान्डल इन्भर्टेड ह्याम्मर बनेको छ। ब्यान्ड केही साँघुरिँदै गएका कारण यो लघुवित्तको मूल्य साइडवेजमा चलेको देखिन्छ। म्याक्डीमा हिस्टोग्राम नेगेटिभ तर छोटा–छोटा हुँदै गएका देखिन्छन्। आरएसआई भने ५० को न्युट्रल जोनबाट ५५ को तहमा अप ट्रेन्डका यात्रामा देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३३४१
  • प्रतिरोध २– ३५५२
  • प्रतिरोध ३– ३७१

पिभट प्वइन्टः  ३१७८

घटेमा सपोर्ट 

  • सपोर्ट १– २९६७
  • सपोर्ट २– २८०४
  • सपोर्ट २– २५९३

निष्कर्ष

यी दुवै लघुवित्तलाई आधारभूत तथा प्राविधिक रुपमा हेर्दा जाल्पा सामुदायिकभन्दा नेष्डो समृद्ध आधारभूत रुपमा केही सबल देखिन्छ। नेष्डो लघुुवित्त रुपमा पनि सुपर ट्रेन्ड र फियर एन्ड ग्रिडमा पनि बुलिस देखिन्छ भने जाल्पा सामुदायिक फियर एन्ड ग्रिड मिटरका आधारमा न्युट्रल सेन्टिमेन्टमा रहेको छ। यी दुई लघुवित्तको बुक भ्यालुमा भने जाल्पा सामुदायिक नेष्डो समृद्धभन्दा सबल देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका सिफारिस भने होइन।