काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको शुक्रबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १५.४६ प्रतिशतले बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा बैंकले ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकले २ करोड ११ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १५ करोड ९६ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १३ करोड ८४ लाख रुपैयाँ रहेको थियो। 

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानीबापत २४ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ३० करोड ६९ लाख रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिमा ३२ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा २८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकले रिजर्भको आकार पनि ९.५६ प्रतिशतले बढाएर १ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार १ अर्ब ३१ करोड रुपैयाँको थियो।

बैंकको खराब कर्जाको दर (एनपीएल) बढेर २.३६ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको दर २ प्रतिशत रहेको थियो। 

बैंकको आधार दर घटेर ९.६५ प्रतिशतमा झरेको छ। जब कि गत वर्ष बैंकको आधार दर ११.३० प्रतिशत रहेको थियो। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.४५ रुपैयाँ पुगेको बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.१९ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६०.९८ रुपैयाँ रहेको छ।