काठमाण्डौ । देशको अग्रणी अनलाइन बजार ‘दराज’ ले ‘लाइभ अनाउन्समेन्ट’ कार्यक्रममार्फत ‘दराज ११.११ को तेस्रो संस्करण यही नोभेम्बर ११ (कात्तिक २६ गते) सफल बनाउन पूर्ण रुपमा तयार रहेको जनाएको छ। 

यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथै ८ लाखबराबरको टीभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्। ग्राहकले नबिल बैंक, सनिमा बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत (अधिकतम रु. ३ हजार), सम्मको छुट पाउने कम्पनीले जनाएको छ। यसैगरी  ग्राहकले दराजमा इसेवा वालेटमार्फत भुक्तानी गर्दा छुट पनि पाउनेछन्।

११.११ मा ग्राहकले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एसट्वेन्टी एफई विश्वको सर्वश्रेष्ठ मूल्य रु. ६९ हजार ९९९ मा पाउनेछन्। त्यस्तै एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होमग्लोरी, आमाइरा, फेसनहाउस, न्युब्यालेन्स, टिभियसजस्ता ब्रान्डमा पनि ६० प्रतिशत सम्म छुट पाउनेछन्। साथै प्रिमियम प्रायोजकका काकोलाले पनि ११.११ का अवसरमा विशेष अफरहरू घोषणा गर्नेछ।

दराजले ग्राहकलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निःशुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टुर्नामेन्ट, अर्लीबर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, रवनरुपी गेम र मिसन ११.११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसर पनि प्रदान गर्दैछ।

११.११ सम्बन्धी मिडिया र ग्राहकका केही प्रश्नहरूको जवाफ दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमका होस्ट सुरजसिंह ठकुरी थिए भने मुख्य वक्ताहरुदराजका प्रबन्ध निर्देशक लिनो अलरिंग, डेक्स प्रमुख सन्तोष बिष्ट र मुख्य ग्राहक अधिकारी सम्झना सुवेदी थिए। वक्ता सन्तोष विष्ट र सम्झना सुवेदीले कम्पनीको सबैभन्दा महत्वपूर्ण पक्षहरुग्राहक सेवा र सञ्चालनले यस एकदिनको सेललाई सफल बनाउन गरिरहेको तयारीबारे बोलेका थिए। ‘हामीले ११.११ का लागि ७०० भन्दा बढी डेलिभरी कर्मचारी थपेका छौँ। साथै ६ अन्य लजिस्टिक साझेदारसँग काम गर्दै हाम्रो क्षमता,  पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार भएको छ। महामारीका बेला ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न हाम्रा डेलिभरी कर्मचारीको स्वास्थको निरन्तर जाँच गरिरहेका छौँ र ग्राहकलाई सबैभन्दा राम्रो ग्राहक अनुभव दिलाउन तालिम पनि निरन्तर दिइरहेका छौँ’, विष्टले भने।

कार्यक्रममा मुख्य ग्राहक अधिकारी सुवेदीले भनिन्, ‘हामी ग्राहकका माग पूरा गर्न  ११.११का लागि २०० भन्दा बढी कस्टमर केयर एजेन्टहरू राखेका छौँ। हामीले हाम्रो ११.११ का लागि हाम्रो काम गर्ने समयावधि पनि बढाएका छौँ।’ 

२०१८ मा अलीबाबाले दराजलाई अलिबबा ग्रुप अन्तर्गत समावेश गरेको थियो। त्यसपछि दराजले नेपालमा ११.११ आयोजना गर्यो। ११.११मा ठूलो संख्यामा प्रयोगकर्ता हुने भएका सबैभन्दा राम्रो डिल हात पार्न दराजले ग्राहकलाई आफ्नो बैंककार्ड अनलाइन पेमेन्टका लागि सक्रिय छ कि छैन सुनिश्चित गरी भउचर तथा सीमित अफरहरु नछुटाउन उनीहरूको मनपर्ने वस्तुहरू कार्टमा अहिले नै हाल्न सुझाव गर्दछ। साथै अर्डर गर्नुअघि किन्न मन लागेका वस्तुबारे अन्य ग्राहकले दिएको रिभ्यु हेर्न पनि सुझाव कम्पनीले दिएको छ।