काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २६.४५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ९२ लाख रुपैयाँले ऋणात्मक भएको छ। 

प्रथम त्रैमासमा बैंकको सञ्चालन मुनाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेर १ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी २ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकले २ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले २ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार २.९८ प्रतिशतले बढेर १३ अर्ब ४७ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार १३ अर्ब ८ करोड रुपैयाँमा सीमित थियो।