-धनकुमार राई
नेप्से (बजार) को साप्ताहिक विश्लेषणः 
नयाँ संकेतको विकाससँगै  कारोबार रकममा बढोत्तरीले खरिदकर्ताहरुको सक्रियता हाबी बन्ने संकेत-बजारको सक्रियता अर्थात बजारको सार नै बढेर घट्ने तथा घटेर बढ्ने भएकोले दैनिक कारोबारले साप्ताहिक र मासिक बजार चक्रमा भूमिका बनाइरहेको नै हुन्छ । गत साताको बजार बढ्न नयाँ संकेत विकसित हुनु पर्ने तर्क अनुसार डबल बटम बिकसित भएको र साप्ताहिक स्वभाविक गणितीय हाम्रो आँकलन १२१२ लाई उछिनेर बजार अगाडि बढ्दै १२५० नजिक पुगेर फेरि १२२९ मा बन्द हँुदा बजारको करिब करिब ३ गुणा बढेको कारोबार रकमले सिधै हतोत्साहित लगानीकर्ता तथा पर्ख र हेरको बीचमा रहेका लगानीकर्ताहरुको सक्रियता बढेको संकेत गर्दछ । 

बजारले बुल प्रमाणित गर्न १२५० लाई उछिन्नै पर्ने भएकोले पनि रिट्रेसमेन्ट गणना र बजारको एक्सटेन्सन विधि अनुसार चित्रमा देखाएअनुसार धेरै रिट्रेसमेन्ट लिए १२०४ देखि १२१९ सम्म र धेरै कम बढ्न पुगेमा पनि १२७२ सम्म पुग्ने देखिन्छ । 

दैनिक चार्टमा १२१० को नेकलाइन क्रस भइसकेको डबल प्याटर्नले म्यान्डेट प्राप्त गरेको हुनाले अझ बढ्नैपर्ने प्रभावले काम गर्ने हेक्का राखेर उतारचढावको स्वभाविक प्रक्रियामा भाग लिन सकिने देखिन्छ  ।

प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२०४ देखि कम्तीमा पनि १२७२ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

यसरी गत साताको कारोबार प्राविधिक रुपमा गणितीय आँकलनलाई जितेर महिनौ पछिको प्रेरणादायी सक्रियताको अभावलाई मेटाउँदै दुरगामी लक्ष्यउन्मुख रहेको पाइयो । हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी अभ्यासको म्याण्डेट अनुसार बजार नघटी बुलिस क्याण्डल बनाउँदै साताको अन्त्य गरेको पाइयो । 

2.Technical Indicators Update: 
Technical सारलाई हेरौं (Nepse Weekly Index – 1229.77 (+48.08)
3.Nepse Candlestick Chart(s) & Study:
Technical Indicator हरुलाई चार्टमा हेरौ:
i) साप्ताहिक  Pivot Range र अनुमानित कारोबार रेञ्जः 
प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२०४ देखि कम्तिमा पनि १२७२ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।
आउने आइतबारको दैनिक Pivot Range र अनुमानित कारोबार रेञ्ज

ii)RSI / Stochastic Oscilator : खरिददारी अनिवार्य गर्ने संकेत निरन्तर :

Chart मा दैनिक Oscilators  र RSIअधिक खरिदारीको दवावमा रहे पनि साप्ताहिक संकेत हावि संकेत अझै यथावत रहेको हुनाले साप्ताहिक Stochastic Oscilators ले पनि बजारको उकालो यात्रालाई %K हरियो लाईनले %D रातो लाईनलाई Oversold सिमानामा क्रस गरिनै रहेकोले ट्रेण्डिङ बुलिस नै रहेको र यो अनिवार्य खरिददारी निरन्तर नै छ भन्न सकिने अवस्था देखिन्छ । 

 
साप्ताहिकले दैनिकको उतार चढावलाई स्वीकार गर्दै साताभरी आफ्नो यात्रालाई निरन्तरनै राख्ने बुझ्न सकिन्छ । RSI को कुरा गर्दा RSI ले पनि लगानीकर्ताहरुको आवश्यक सक्रिय भूमिकाको अभावमा अधिक बिक्री भइसकेको संकेत रेखा 70 लाइनको सिमा नजिक केही दवाब देख्नसक्ने संकेत बोके पनि साप्ताहिक संकेतको प्रभावमा उकालो यात्रा निरन्तर हुने ढुक्क भए हुने बुझिन्छ । 
 
iii) Moving Averages:
Potential changes in Weaker Trending zone: चार्टमा आवश्यक परिवर्तनको संकेत र Moving Averages को सार कमजोर स्थितिबाट बलियो बन्दै अन्य संकेतहरुको सहयोगमा परिवर्तनको क्रममा रहेकाले अझ केहि दिनको कारोबार दवाव मुक्त बन्न खरिदकर्ता लगानिकर्ताहरुको सक्रियता प्राप्त हुन जरुरी देखिन्छ । 

iv)Bull Signaling Intact: Weekly MACD Divergence & Crossover above Zero line को प्रभाव यथावत ।

यहाँ कुनै पनि Dominant fundamental factor को अनुपस्थिति रहे सम्म chart मा प्राप्त MACD Divergence को Daily र Weekly चार्ट र MACD संकेतअनुसार गत सातानै सुनिश्चित भइसकेको संकेत अझै प्रभावि नै देख्न सकिन्छ । चित्रमा देखाइए अनुसार गत साताको वृद्धिले पनि Bullish Divergence र क्रसओभरले बुल यात्रा यथावत नै रहेको  देखिन्छ । साथै आउने सातालाई खरिददारीको अनिवार्य अवसर निरन्तर हुने देखाउँछ ।

अन्य संकेतहरुको प्रभाव नरहेसम्म Daily chart मा प्राप्त MACD Crossover को Zero line भन्दा माथि तिर र हिस्टोग्राम चार्ट पनि converge हँुदा बजार दवाबमा नरहने बुझ्नु पर्ने हुन्छ । 

v)NEPSE MonthlyCANDLESTICK CHART: दैनिक उतार चढावलाई अन्देख गर्ने हो भने दुरगामी मुख्य टेन्डलाइनको प्रभाव रहेसम्म बजारको आफ्नो लय Bullish नै कायम रहेको बुझिन्छ ।

चित्रमा दर्शाएको निलो सिमानाले म्यान्डेट प्राप्त गरिरहेकोले बजार दिर्घकालीन अवधिको ट्रेण्डभित्र नै रहेको तथा माथि Chart मा Monthly Bullish Gartley ले ११३५ को न्यूनस्तरबाट बजार उकालो लाग्ने देखाएअनुसार नै १४६० सम्मको उकालो यात्रा तय गरिसकेर फेरि बिक्रीकर्ताहरुको दवाबमा ११६३ हँुदै ११७५ अनि १२०० को नजिक दवावबाट मुक्त हुँदै चित्रमा देखाइएको Triangle Limit को तल्लो भागभन्दा माथि नै बजार फर्किसकेकोले प्राविधिक सेटअप अनुसार बजारको ओरालो लाग्ने आशा कमजोर बन्दै गएको भन्न सकिन्छ । 

कुनै Dominant fundamental factor को जन्म नभएमा प्राविधिक सेटअपले म्यान्डेट प्राप्त गर्ने अभ्यासमा शंकै नगरे हुन्छ । 

माथि चार्टमा  Technical Trend line सेटअप अनुसार  बजारको Long term Trend निलो ब्यान्डले उकालो देखाउँछ भने Long Term trend भित्रको रातो ब्यान्ड  Secondary Trend Bearish देख्न सकिन्छ यसरी मुख्य ट्रेण्डलाइनको प्रभाव रहेसम्म बजार आफ्नो लय Bullish नै हुने बुझ्नु पर्दछ र अन्ततः विश्वबजारको मान्यताअनुसार उभ्याएर हेर्दा नयाँ चरणको सुरुवातलाई सक्रिय खरिदकर्ता लगानीकर्ताहरुको नेतृत्व अवश्यमभावी देखिन्छ ।