काठमाण्डौ । सेयर बजारमा एउटा यस्तो क्षेत्र हो, जहाँ कमाउने अवसर हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले कुनै पनि कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेरमात्र लगानी गर्नु उचित हुन्छ। 

कोरोनाकाल विश्वभरका सेयर बजारमा सुरुआती चरणमा गिरावट आए पनि पछि बढोत्तरी भएका छन्। अन्य क्षेत्र सुस्ताउँदा सेयर बजारमा चमक आएको थियो। 

भारतमा पनि कोरोनाको पहिलो लहरमा अधिकांश कम्पनीका सेयरमा गिरावट आएको थियो। यद्यपि केही सेयर मल्टीब्यागर साबित भए। यिनै मल्टीब्यागर स्टकमध्ये केही पेनी स्टक पनि छन्। जसको भाउ केही रुपैयाँबाट बढेर हजारौँमा पुगेको छ। 

यस्तै एउटा सेयर हो गोपाला पोलिप्लास्ट। जुन गत वर्ष भारु ४.४५ सम्म कारोबार भएको थियो। तर, गत अक्टोबर २२ मा यो कम्पनीको सेयरभाउ भारु ९९८.४५ पुगेको छ।

केवल एक वर्षमै यो कम्पनीको सेयरमा सेयरधनीहरुले २२३३७ प्रतिशतसम्म रिटर्न पाएका छन्। 

त्यसो त यो कम्पनीको सेयरभाउ भारु १२८६.९५ सम्म पुगेको थियो। यो उच्च मूल्यबाट अहिले यो कम्पनीको सेयरमा गिरावट आइरहेको छ।

नाफाकै हिसाब गर्ने हो भने यदि कुनै लगानीकर्ताले न्यून मूल्यमा १ लाख रुपैयाँ लगानी गरेका थिए भने आजको भाउमा उसले किनेको सेयरको मूल्य भारु २.२४ करोड पुगेको छ। 

यसैगरी यदि कुनै लगानीकर्ताले यो कम्पनीको सेयर उच्च मूल्य भारु १२८६.९५ मा बेचेका थिए भने तिनले २८९ गुणा रिटर्नका साथ १ लाखको लगानीलाई भारु २.८९ करोडसम्म बनाउन सफल भएको देखिन्छ। – एजेन्सी