काठमाण्डौ । युरोपियन युनियन(इयू)को एउटा आयोगले गुुगलमाथि करिब २.७५ लाख करोड रुपैयाँ बराबरको जरीवाना लगाएको छ । 

गुुगलले आफ्नो शक्तिको गलत प्रयोग गरी सर्च नतिजामा आफ्नो खरिदारी सेवाको ज्यादा प्रचार गरेको आयोगको आरोप छ । बजारमा तोडमोड तथा गडबडी गरेको आरोपमा कुनै कम्पनीमाथि लगाइएको यो जरीवाना हालसम्मकै सबैभन्दा ठूलो रहेको बीबीसीले जनाएको छ । 

आफ्ना प्रतिस्पर्धीविरोधी गतिविधि आगामी ९० दिनमा गुुगलले बन्द नगरे अझ ठूलो जरीवाना लगाउने आयोगले चेतावनी दिएको छ । 

यता, गुुगलले भने फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएको छ । तथापि, यदि उसले आफ्नो खरिदारी सेवा(सपिङ सर्भिस)को प्रचारमा तीन महिनाभित्र परिवर्तन ल्याएन भने उसका कारण आफ्नो मातृ कम्पनी अल्फाबेटले हरेक दिनको वैश्विक कमाईको ५ प्रतिशत रकम जरीवानाको रुपमा दिनुपर्ने हुनसक्छ । 

आयोगले खरिदारी सेवामा कस्तो सुधार गर्नुपर्छ भन्ने कुनै सल्लाह दिएको छैन र कस्तो परिवर्तन गर्नुपर्ने हो, त्यसको जिम्मा गुुगललाई नै छाडिदिएको छ । 

यूरोपीय संघकी कम्पिटिसन कमिश्नर मार्गरेट वेस्टेजरले भनेकी छिन्–‘गुुगलले जे गरेको छ, त्यो गैरकानूनी कार्य हो । उसले अर्को कम्पनीलाई प्रतिस्पर्धा गर्न र नयाँ प्रयोग गर्न समेत कुनै मौका नै दिएन । सबैभन्दा महत्वपूर्ण त, उसले युरोपिय उपभोक्ताहरुलाई प्रतिस्पर्धाबाट लाभ उठाउन र सेवाको सही छनौट गर्नबाट समेत बञ्चित गर्यो ।’ 

यूरोपीय संघकी कम्पिटिसन कमिश्नर मार्गरेट वेस्टेजर

.......................................................

गुुगलले यसअघि आफूमाथि लागेको आरोप अस्वीकार गर्दै भनेको थियो कि मानिसको खर्च गर्ने बानीमा अमेजन र इवेको धेरै प्रभाव छ । 

तर, इयूूले ठूलो जरीवानाको फैसला सुनाएपछि कम्पनीका एक प्रवक्ताले बीबीसीसँग भनेका छन्–‘तपाई जब अनलाइन खरिदारी गर्न चाहनुुहुन्छ, तब आफूलाई मन परेको चिज चाँडो भन्दा चाँडो खोज्न चाहनुुहुन्छ । र, विज्ञापन दिन चाहनेले समेत यही छरितो प्रक्रियाको विज्ञापन गर्न चाहन्छ । यहीकारण, हामी खरिदारीको विज्ञापन देखाएर आफ्ना प्रयोगकर्तालाई हजारौं विज्ञापनदातासँग जोड्छौ ।’ गुुगलले अगाडि भनेको छ–‘हामी पूरा सम्मानका साथ आजको निश्कर्षप्रति असहमत छौ । हामी पुनरावेदनको बिषयमा विचार गरिरहेका छौ ।’ 

जब तपाईले कुनै वस्तुु(चिज) खरीद गर्न गुुगलमा गएर सर्च गर्नुहुन्छ, तब सामान्य सर्च लिंक्सको ठीक माथि विज्ञापनको लिंक समेत देखाइन्छ । जसमा प्रोडक्टको तस्विर, मूल्य तथा रिभ्यूू उपलब्ध छ भने दिइएको हुन्छ । त्यसमा प्रायोजित भनेर पनि लेखिएको हुन्छ । 

स्मार्टफोनमा विज्ञापनवाला लिंक खुुल्ने अधिक संभावना हुन्छ । किनभने स्क्रोल गर्ने प्रयोगकर्ताले अर्को लिंक नै देख्दैन । अवगत होस्, गुुगललाई यही फिचर्सको भरपूर लाभ प्राप्त हुन्छ । यूरोपियन आयोगले सन् २०१० देखि नै गुुगलको गलत सपिङ धन्दाको बिषयमा निरन्तर छानबिन गरिरहेको छ ।