काठमाण्डौ । सेयर बादशाहका रुपमा विश्वभर परिचित वारेन बफेट पहिलोपटक १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन्।

अमेरिकी कम्पनी बर्कशायर हायथवेका अध्यक्ष ९० वर्षीय वारेन बफेटको सम्पत्ति पहिलोपटक १०० अर्ब डलर माथि पुगेको हो। यो वर्ष अमेरिकी प्रान्त नेब्रास्काको ओहामास्थित कम्पनी बर्कशायर हाथवेको सेयरमूल्यमा उछाल आएर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

लगानीको क्षेत्रमा बफेटलाई सम्मानका साथ ‘ओरेकल अफ ओहामा’ पनि भनिन्छ। 

बफेटको कुल सम्पत्ति बिहीबार १००.४ अर्ब डलर पुगेको हो। विश्वकै धनीव्यक्तिको सूचीमा छैटौँ स्थानमा बफेटको नाम रहे पनि उनको कुल सम्पत्ति यसअघि १०० अर्ब डलर मुनि नै रहेको थियो। 

बफेटले सन् २००६ मा आफ्नो सम्पत्ति बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र ४ पारिवारिक च्यारिटेबल संगठनहरुलाई दान गर्न सुरु गरेका थिए। सोही कारण अहिलेसम्म बफेटको सम्पत्ति १०० अर्ब डलर पुग्न सकेको थिए। उनले हालसम्म कुल ३७ अर्ब डलर सम्पत्ति दान गरिसकेका छन्। 

अहिले विश्वको सर्वाधिक धनीको सूचीमा पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमशः जेफ बेजोस, एलन मस्क बिल गेट्स, बर्नार्ड अर्नाल्ट र मार्क जुकरबर्ग रहेका छन्। – एजेन्सी