काठमाण्डौ। यही जेठ १८ गतेबाट ४ मुलुकमा नियमित उडान खुला हुने भएको छ। 

हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा नियमित उडान खुला गर्ने निर्णय गरेको हो। यात्रुको बढी चाप हुने यी मुलुकमा उडान खोल्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो। 

यी गन्तव्यका लागि यात्रा गर्न पीसीआर नेगेटिभ भएको रिर्पोट अनिवार्य गरिएको छ। खोपको मात्रा पूरा गरेका यात्रुमात्र होम आइसोलेसनमा बस्न पाउने छन्। अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाललाई चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान सञ्चालन गर्न दिने निर्णय भएको छ। हाल भारतमा भने साताको दुई उडान भइरहेको छ।