काठमाण्डौ । एकातिर कोरोना महामारीले कतिपय व्यवसायी–उद्योगी बिल्लीबाँठ बनायो। अर्कोतिर केही यस्ता पनि छन्, जसले आफ्नो सम्पत्ति पहिलेभन्दा झनै बढाएका छन्। 

सन् २०२० कतिपयका लागि निकै कठिन वर्ष रह्यो। कोरोनाकै कारण १६ लाख मानिसले ज्यान गुमाइसके भने आर्थिक संकटका कारण चलिरहेका लाखौँ उद्योगधन्दा बन्द हुन पुगे। तर विश्वका केही धनाढ्य हालत झनै उत्साहजनक रह्यो। विश्वका ६० प्रतिशतभन्दा बढी अर्बपतिहरु यो वर्ष झनै धनी भए। तीमध्ये ५ जना यस्ता पनि छन् जसको कुल सम्पत्ति ३१०.५ अर्ब डलर पुगेको छ। 

१. एनल मस्क– टेस्लाका सहसंस्थापक तथा सीईओ

एनल मस्कको सम्पत्ति यो वर्षमात्रै १४० अर्ब डलरले बढेको छ। ब्लुमबर्गका अनुसार उनको कुल सम्पत्ति १ लाख ६७ हजार मिलियन डलर पुगेको छ। उनी हाल अर्बपतिको सूचीमा दोस्रो स्थानमा छन्। एलन मस्कको टेस्ला एउटा इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनी हो। यो कम्पनीको कार यो वर्ष रेकर्डतोड बिक्री भयो। एनल मस्कको अर्को कम्पनी स्पेस एक्सले पनि यो वर्ष निकै राम्रो प्रदर्शन गर्यो। यो अन्तरिक्षमा एस्ट्रोनट लन्च गर्ने पहिलो निजी कम्पनी पनि बन्यो।

जेफ बेजोस– अमजेनका संस्थापक तथा सीईओ

जेफ बेजोसले यो वर्ष सम्पत्तिमा थप ७२ अर्ब डलर जोडे। उनको सम्पत्ति बढ्नुको मुख्य हतियार बन्यो अनलाइन सपिङ, जुन कोरोनाकालमा निकै चल्यो। केही महिनापछि उनको सम्पत्ति २०० अर्ब डलरको आँकडा पार गरेको थियो। तर हाल उनको सम्पत्ति १८७ अर्ब डलरमा सीमित छ। 

जङ शान्शान– नो फु स्प्रिङका संस्थापक

ब्लुमबर्गका अनुसार जङ शान्शानको कुल सम्पत्ति ६२.६ अर्ब डलरले बढेको छ। उनी गत सेप्टेम्बरमै चीनका सबैभन्दा धनीव्यक्ति बनेका थिए। उनको बोलतबन्द पानीको कम्पनी नो फु स्प्रिङको सेयर सार्वजनिक बिक्री सुरु भएपछि १.१ अर्ब डलरभन्दा बढी कमाइ भएको थियो। उनको कम्पनीको मूल्य ७० अर्ब डलरको छ। यो कम्पनीमा जङ शान्शानको ८४ प्रतिशत हिस्सा छ। उनको भ्याक्सिन निर्माता कम्पनी बेइजिङ वान्ताई बायोलजिकलमा लगानी रहेको छ। 

बर्नार्ड आरनल्ट – एलबीएमएच ग्रुपका मालिक

फ्रान्सका बर्नार्ड आरनल्ट आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन्। उनी विश्वमा धनाढ्याहरुको सूचीमा चौथो स्थानमा छन्। लग्जरी सामानहरुको कम्पनी एलबीएमएचका मालिक आरनल्टको कुल सम्पत्ति यो वर्ष अन्त्यसम्म १४६.३ अर्ब डलर पुगेको छ। यो कठिन वर्षमा पनि उनकोसम्पत्ति ३० प्रतिशतले बढेको छ। 

ड्यान गिलबर्ट– रकेज कम्पनिजका अध्यक्ष

गिलबर्ट एनबीए क्लिवल्यान्ड क्यावेलियर्सका मालिक हुन्। उनको अनलाइन मार्टेज कम्पनी क्विकन लोन्समा पनि सहसंस्थापक छन्। ब्लुमबर्गको आँकडाअनुसार यो वर्ष उनको कुल सम्पत्ति २८.१ अर्ब डलरले बढेको छ। उनको कुल सम्पत्ति ३५.३ अर्ब डलर पुगेको छ। उनको कम्पनी रकेट कम्पनिजको सेयरको सार्वजनिक बिक्री गत अगस्टबाट सुरु भएको थियो। यो कम्पनीको उनको ८० प्रतिशत हिस्सा छ। जुन ३१ अर्ब डलरभन्दा बढी छ। उनको सम्पत्ति यो वर्षमात्रै ६ गुणाले बढेको छ। – एजेन्सी