काठमाण्डौ । यात्रुहरुको चाप बढेसँगै सरकारले आन्तरिक हवाई उडानको दैनिक कोटा वृद्धि गरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी नयाँ उडान कोटा सार्वजनकि गरेको छ । जसमा यसअघिको कोटा बढाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । 

उनका अनुसार असोज ५ गतेदेखि सुरु भएको आन्तरिक हवाई उडानको कोटा असोज १४ गतेसम्मका लागि मात्र थियो । यात्रुहरुको चाप ह्वात्तै बढेका कारण प्राधिकरणले भदौ १५ अर्थात भोलिदेखि लागू हुने गरी कोटा बढाएको उनको भनाई छ । 

नयाँ कोटाअनुसार बुद्ध एयरले सबैभन्दा बढी दैनिक २९ वटा उडान भर्न पाउनेछ । यसअघि बुद्ध एयरले दैनिक १८ वटा उडान गर्दै आएको थियो । 

बुद्धपछि यति एयरलाइन्सले दैनिक १९ वटा उडानको अनुमति पाएको छ । यस्तै श्री एयरले दैनिक १२, सिम्रिक एयरले २, सौर्य एयरले २, सीता, तारा र समिट एयरले ४ ४ उडान भर्ने कोटा पाएका छन् । 

नयाँ उडान तालिका अक्टोबर महिनाभरि लागू हुनेछ । चाँडपर्व समेत नजिकिँदै गएका कारण यात्रुहरुको बढ्दो चापलाई ध्यानमा राखी त्यसपछि दैनिक उडान कोटालाई पुनः बढाउन समेत सकिने प्रवक्ता क्षेत्रीले बताए ।