काठमाण्डौ । यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम घोषणा गरेको छ । 

पोखराकी अलिना लामिछाने गुरुङ यो कन्टेस्टकी विजेता हुन सफल भएकी हुन् । उनले यामाहाको तर्फबाट सामसुङ ग्यालेक्सी एस८ पुरस्कारस्वरुप प्राप्त गरेकी छिन् ।  

मिस नेपाल २०१७ मा यामाहा फेसिनोले टु ह्विलर पार्टनरको भूमिका निर्वाह गरेको थियो । यो ब्युटी पेजेन्टका अन्तिम १९ प्रतियोगीमध्ये नीति शाहले यामाहा फेस अफ फेसिनो टाइटल जितेकी थिइन् । यामाहाको आधिकारिक फेसबुक पेज र नेपालभरिका यामाहा सोरुमबाट भएको भोटिङ र डा. रविना देशराज श्रेष्ठ, निलम चन्द र ओशिमा बानुको निर्णायक मण्डलले दिएको अंकमार्फत शाह फेस अफ फेसिनो बनेकी हुन्।  

मिस नेपाल इन्टरनेशलन २०१७ समेत जितेकी यामाहा फेस अफ फेसिनो नीति शाहले लकी ड्रमार्फत एक लाख ४० हजार आठ सय ७१ भोटरमध्येबाट भोटिङ कन्टेस्टको विजेताको नाम निकालेकी हुन् । यो लकी ड्रको प्रत्यक्ष प्रसारण यामाहाको आधिकारिक फेसबुक पेजमा गरिएको थियो । लकी ड्र कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय क्रिकेट खेलाडी तथा यामाहा मोटरसाइकलका लागि नेपालको ब्रान्ड एम्बेसेडर शरद भेषावकर पनि उपस्थित थिए । भोटिङ कन्टेस्ट १९ मेबाट २ जुनसम्म संचालन भएको थियो । 

एमएडब्लु इन्टरप्राइजेजले मिस नेपाल वल्र्ड २०१७ निकिता चन्दक र फेस अफ फेसिनो नीति शाहलाई फेसिनो स्कुटर उपहार स्वरुप प्रदान गर्नेछ । फेसिनो रेट्रो स्टाइल लुक्स भएको प्रिमियम स्कुटर हो जसले आफूलाई ‘सुपर मोडेल स्कुटर’का रुपमा स्थापित गर्न सफल भएको छ । यसमा प्याटेन्टेड ब्लु कोर टेक्नोलोजी भएको एक सय १३ सीसीको एअर कुल्ड इन्जिन जडान गरिएको छ । यो प्रविधिले फेसिनोलाई लुक्समा मात्र होइन पर्फमेन्समा समेत उत्कृष्ट बनाएको छ ।