काठमाण्डौ । पूरै विश्वमा फैलिएको कोरोनाभाइरसको त्रास नेपालमा पनि बढिरहेको छ । कोरोनाको घटना देखापरेसँगै नेपाली आकाशमा पनि कोरोनाको बादल मडारिएको छ । यो महामारीबाट बच्न र नियन्त्रण गर्न सरकार र विश्व स्वास्थ्य संगठनले विभिन्न उपायहरु अपनाउन सुुझाव दिएका छन् । जसलाई अपनाउने हो भने कोरोनाले तपाइरुलाई छुुन पनि सक्नेछैन । 

१. हातलाई सफा राख्नुु सबैभन्दा जरुरी
कोरोनाबाट बच्न नियमित हात धुुनु सबैभन्दा उत्तम विकल्प हो । हातलाई साबुुनपानी वा सेनिटाइजरले निरन्तर सफा गरिरहनुुपर्दछ । बाहिरबाट आउँदा वा केही वस्तुु छुँदा हात सफा गर्नुु पर्दछ । 

२.टिस्युुको प्रयोग गर्नुुस 
खोक्दा वा हाछ्युु गर्दा टिस्युु पेपर या त सफा रुमालको प्रयोग गर्नुुपर्दछ । यदि नजिकै बसेको व्यक्तिले खोक्छ वा हाच्छ्यू गर्छ भने पनि टिस्युुले या त रुमालले मुुख छोप्नुुपर्दछ । 

३.कसैसँग पनि हात मिलाउनुु हुँदैन 
हातबाट योे भाइरस मुुखसम्म पुुग्न सक्ने भएकाले सकेसम्म कसैसँग पनि हात मिलाउनुु हुँदैन । यदि झुक्किएर कसैसँग मिलाइहाले पनि तुुरुन्त साबुुन पानी वा सेनिटाइजरले सफा गर्नुुपर्दछ । यसका साथै हातले मुुख र नाक छोइरहनुुहुँदैन । झुक्किएर छोइहाले पनि सफा गरिहाल्नुुपर्दछ । 

४.भिडभाडबाट बच्नुुपर्दछ 
कुुनै पनि सार्वजनिक स्थानमा जानबाट बच्नुु पर्दछ । भिडमा त बिल्कुुलै जान हुँदैन । गइहाले पनि सावधानी अपनाउनुुपर्दछ । 

५.खाना बनाउँदा पनि सचेत रहनुुपर्दछ 
खाना पकाउँदा समेत सावधानी अपनाउनुुपर्दछ । तरकारी पकाउँदा त्यसलाई राम्ररी पखालेर पकाउनुुपर्दछ । बजारबाट ल्याउने बित्तिकै पकाइहाल्नुु हुँदैन। काचो अण्डा र मासुु खानु हुँदैन । पकाउँदा समेत राम्ररी पकाएर मात्रै खानुुपर्दछ । 

६.घर  वरिपपिर सफा राख्नुुपर्दछ 
आफू बस्ने वरिपरि सधै सफा राख्नुुपर्दछ । घरको सरसफाइमा विशेष ध्यान दिनुुपर्दछ । कोही पनि बिरामी मानिससँग सम्पर्कमा आउँदा ६ फिटको दुुरी कायम गर्नुुपर्दछ । 

७.मास्क प्रयोग गर्नुुपर्दछ  
घरबाट बाहिर निस्कदा वा भिडभाड भएको ठाउँमा जादा मास्क अनिवार्य लगाउनुु पर्दछ । यसका अलावा बिरामीको हेरचाह गर्दा पनि मास्क लगाउनुु पर्दछ । यसका लागि एन९५ वा सर्जिकल मास्क लगाउनुुपर्दछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन डाइटमा पनि ध्यान दिनुुपर्दछ ।