काठमाण्डौ । अमेरिकाले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको छ।
कोभिडको बढ्दो प्रकोप, बलात्कारका घटना र जम्मु–कश्मीरमा बढिरहेको आतंकवाद गतिविधिलाई ध्यानमा राख्दै अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान चेतावनी दिएको हो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोभिड संक्रमणलाई मध्यनजर गर्दै लेभल–३ स्तरका यात्रा र स्वास्थ्य सूचना जारी गरिसकेको अवस्थामा अमेरिकी प्रशासनले आफ्ना नागरिकलाई भारत भ्रमणमा जानुअघि पुनर्विचार गर्न सुझाएको हो।
बाइडेन प्रशासनद्वारा जारी यात्रा परामर्शमा भनिएको छ, ‘अमेरिकी नागरिकले जम्मु–कश्मीर राज्यमा बढ्दो आतंकवाद र नागरिक अशान्तिलाई ध्यानमा यात्रा नगर्दा उचित हुन्छ। भारत–पाकिस्तानको सीमाको १० किलोमिटरभित्रको यात्रा नजाँदा उचित हुन्छ। किनकि त्यहाँ सशस्त्र संघर्ष हुन सक्ने आशंका छ।’
यात्रा परामर्शमा भारतमा तीव्रगतिमा बढिरहेको यौन हिंसाजन्य अपराधलाई पनि ध्यानमा राख्न भनिएको छ। – एजेन्सी
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago