काठमाण्डौ । हामी अहिले बढ्दो तनावपूर्ण संसारमा बाँचिरहेका कारण बालबालिकाको भावनात्मक र मानसिक अवस्थालाई बढावा दिन विषय हाम्रो प्राथमिकता पर्ने सकिरहेको छैन।

मानसिक रुपमा परिपक्व बालबालिकाहरु भविष्यका समस्याहरुसँग जुुध्नका लागि तयार अवस्थामा हुुन्छन्। तर विभिन्न अध्ययनहरुले उनीहरु आफ्ना स्कुुल र भविष्यको काममा बढी केन्द्रित हुुने सम्भावनालाई औँलाएका छन्। 

बालबालिकाको मानसिक र भावनात्मक विकासका लागि त्यति सजिलो भने छैन तर केही सामान्य गल्तीहरु सच्याए यसमा सफलता हासिल गर्न सकिन्छ। अभिभावकहरुले सच्याउनुुपर्ने केही गल्तीहरु यस्ता छन् – 

१. बालकालिकाको भावनाहरुलाई बेवास्ता गर्नुु 

बालबालिकाले आफ्ना भावनाहरु स्पष्ट रुपमा राख्ने र यसबारेमा कुुरा गर्ने बानि स्वस्थ हो भनेर जान्न जरुरी छ। जब अभिभावकहरुले आफ्ना बालबालिकालाई “यसबारे दुुखी नहोऊ” वा “यो कुुनै ठूलो समस्या होइन” भनेर भन्छन् तब उनीहरुले बालबालिको भावनाले कुुनै अर्थ राख्दैन र त्यसलाई दबाएर राख्नुुपर्छ भन्ने सन्देश सञ्चार गरिरहेका हुुन्छन्। 

उदाहरणका लागि यदि तपाइँको बच्चाले ठूलो आँधीबेरीको बेला “मलाई थाहा छ तपाइँ यतिबेला डराइरहनु भएको छ” भनेर डरको अभिव्यक्ति प्रदर्शन गरिरहेको छ भने त्यस्तो बेला तपाइँले के गर्दा उसले राम्रो र सुुरक्षित अनुुभव गर्छ भनेर सोध्नुुपर्दछ। यसले उसलाई आफ्ना भावनाहरुलाई कसरी व्यवस्थापन र सामना गर्ने भनेर सिकाउने गर्दछ। यसको उदेश्य बालबालिकालाई सुुरक्षित भएको सुुनिश्चित नभएको आभाष नभएसम्म “ब्रेनस्ट्रोमिङ सोलुुसन” को अभ्यास गर्न सहयोग पुुर्याउनुु हो।

२. सधैँ  विफल हुुनबाट जोगाउनुु 
एक अभिभावका रुपमा आफ्ना बालबालिकाले चुुनौतीहरुका बीच संघर्ष गरिरहेको हेर्न कठिन हुुने गर्दछ। यस्तो बेला अभिभावकहरुलाई त्यस्ता समस्याहरु सजिलैसँग समाधान गरेर आफ्ना बालबालिकालाई चुुनौतीबाट बाहिर निकाल्न सक्छौ भन्ने लाग्दछ। तर यस्तो तरिकाले सोच्नुुस् त यदि तपाइँको बच्चा स्कुुलमा कमजोर प्रदर्शन गरिरहेको छ र तपाइँले उसलाई होमवर्क सिकानुुहुुन्छ भनेर त्यो केवल उसका लागि आडमात्रै हुुने गर्दछ। किनकि स्कुुलमा उसले ती प्रश्नहरु आफैँ गर्नुुपर्दा तपाइँ कक्षाकोठामा उपस्थित हुुन सक्नुु हुँदैन। 

असफलता सफलताको एउटा ठूलो हिस्सा हो। यदि बालबालिकालाई असफलतापछि निम्तने पाठ सिक्ने अवसर कहिल्यै पनि दिइएन भने उनीहरुले त्यो दृढतालाई कहिल्यै पनि विकास गर्न सक्दैनन्। जुुन उनीहरुलाई एकपटक असफल भएपछि माथि उठ्नका लागि आवश्यक पर्ने गर्दछ। 

३. सबै इच्छाहरु परिपूर्ति गर्नुु 

बालबालिकाहरुले खेलौना, नयाँ वस्तुु र गिफ्टहरु मन पराउने गर्दछन्। अभिभावकहरु पनि उनीहरुलाई यस्ता वस्तुु प्रदान गर्न रुचाउने गर्दछन्। तर अनुुसन्धानका अनुुसार जब तपाइँले आफ्ना बच्चाहरुलाई उनीहरुले चाहेका सबै चिज प्रदान गर्नुुहुुन्छ तब उनीहरुले मानसिक शक्तिसँग सम्बन्धित सीपहरु गुुमाउने गर्दछन्। जस्तो कि आत्मानुुशासन। तपाइँले बच्चाहरुलाई सबै कुुरा प्रदान गर्दा उनीहरुमा काम नगरे पनि सजिलै सबै कुुरा हासिल गर्न सकिन्छ भन्ने मानसिकता विकास हुुने गर्दछ। त्यसैले उनीहरुलाई काम गरेमात्रै केही हासिल गर्न सकिन्छ भन्ने पाठ सिकाउनुुपर्दछ। उदाहरणका लागि गृहकार्य गरिसकेपछि मात्रै टीभी हेर्न दिने र केही काम गरेबापत पुरस्कार दिनेजस्ता नियमहरु बसाल्नुुपर्दछ। यसले उनीहरुमा आत्मनियन्त्रण क्षमता बढाउने सहयोग गर्ने गर्दछ। 

४. पूर्णताको अपेक्षा गर्नुु 

आफ्ना बालबालिकाहरुले ठूला लक्ष्यहरु निर्धारण गरुन् र उनीहरु सबै कुुरामा अब्बल होऊन् भन्ने चाहना सबै अभिभावकमा हुुन्छ र यो स्वभाविक पनि हो। तर यसले पूर्ण रुपमा काम भने गर्दैन। धेरै उच्च र अवास्तविक लक्ष्य निर्धारण गर्दा त्यसले भविष्यमा आत्म सम्मान र आत्मविश्वासमा समस्या निम्त्याउन सक्छ। त्यसैले उनीहरुमा यर्थाथपूर्ण आकांक्षाहरुको सुुनिश्चता गर्नुु पर्दछ र यदि उनीहरुले ती आकांक्षाहरु हासिल गर्न सकेनन् भने पनि उनीहरुले सामना गर्ने अवरोधहरुले उनीहरुलाई अझै मूल्यवान पाठहरु सिकाउने गर्दछ र अर्काेपटक कसरी सफल हुुने भनेर सिकाउने गर्दछ। 

५. सधैँभरि सहजताको सुुनिश्चिता 

तपाइँका बालबालिकालाइ असहज महसुस गराउने विभिन्न कुुराहरु हुुन सक्छन्। विशेष गरी कुुनै नयाँ काम गर्नुुपर्दा, नयाँ खानेकुुरा खाँदा, नयाँ साथी बनाउँदा, नयाँ खेल खेल्दा,  घरबाट स्कुुल जाँदा र स्कुुलबाट घर जाँदा बालबालिकाले यस्ता असहजता महसुुस गर्ने गर्दछन्। असफलता जस्तै यस्ता असहज परिस्थितिको सामना गर्नुुपर्दा पनि बालबालिकाको मानसिक शक्ति वृद्धि हुुने गर्दछ। त्यसैले आफ्ना बच्चाहरुलाई नयाँ काम गर्न प्रेरित गर्नुुपर्दछ। कुुनै पनि नयाँ काम गर्दा त्यसको सुुरुआत गर्न कठिन हुुने गर्दछ। त्यसैले कुुनै पनि नया काममा उनीहरुलाई सहयोग गर्नुुपर्दछ। जब उनीहरु पहिलो पाइला चाल्दछन् तब उनीहरुलाई यो काम त्यति कठिन रहेनछ भन्ने विश्वास जाग्न थाल्दछ। 

६. अभिभावक र सन्तानको सीमा नतोक्नुु

तपाइँ आफ्ना बच्चाहरुले आफ्नो निर्णय आफैँ लेओस् भन्ने चाहनुुहुुन्छ तर उनीहरुले तपाइँ अभिभावक हो भनेर जान्न आवश्यक पर्दछ। मानसिक रुपमा सशक्त बालबालिकाहरुका अभिभावकहरुले आफू र बच्चाहरुबीचको सीमा र स्थिरतालाई बुुझेका हुुन्छन्। बालबालिकालाई धेरै स्थान दिँदा र नियमहरुका लागि उनीहरुसँग सम्झौता गर्दा अभिभावक र बालबालिबा बिच शक्ति संघर्ष हुुन सक्छ। 

७. आफ्नो उचित हेरचाह नगर्नुु 

हामी जति बुुढो हुँदै जान्छौँ त्यति नै आफ्नो स्वास्थ्यप्रति लापर्वाह हुुने गर्दछौँ। ढल्किँदो उमेरसँगै हामीमा स्वस्थ बानि व्यहोरा जस्तै स्वस्थ खानेकुुरा खान र दैनिक कसरत गर्न कठिन हुुने गर्दछ। त्यसैले सधैँ आफूमा यस्ता बानीहरु यथावत राखेर बालबालिकाको अगाडि रोल मोडल बन्नुु पर्दछ। यसका लागि बालबालिकाको सामुुन्ने यस्ता क्रियाकलापहरु गर्नुुपर्दछ। जसले उनीहरुलाई तपाइलाई पछ्याउन सजिलो हुने गर्दछ। उदाहरणका लागि यदि तपाइँ थकित बनेर घरमा आएपछि “आज म धेरै थाकेको त्यसैले आज म एक कप चिया पियर पुुस्तक पढ्छुु” भन्नुुपर्दछ। – एजेन्सी