काठमाण्डौ । काठमाण्डौ महानगरवासीका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउन खोप केन्द्रहरु तोकिएको छ। 

काठमाण्डौ महानगरपालिकाले वडाअनुसार खोप केन्द्र तोकेको हो। यही फागुन २३ देखि चैत १५ गतेसम्म ५५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिक, महाविद्यालयका प्राध्यापकहरु, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरु र सार्वजनियक यातायातका चालक/सहचालकहरुका लागि वडाअनुसार खोप केन्द्र तोकिएको छ। 

यो दोस्रो चरणका खोप अभियानअन्तर्गत काठमाण्डौवासीलाई कोरोनाविरुद्ध खोप लगाउन सहज होस भनेर केन्द्रहरु तोकिएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाका अनुसार खोप लगाउन आफ्ना परिचय खुल्ने फोटोसहितको परिचयपत्र लिएर खोप केन्द्र जान सकिनेछ।

कुन वडावासीका लागि कुन खोप केन्द्र ? हेर्नुहोस्–