काठमाण्डौ । सञ्चारका नयाँ–नयाँ साधनहरुले संसारभरका संस्कृतिलाई नयाँ आकार दिइरहेका छन् । कतिपय ठाउँमा डिजिटल जीवनलाई दैनिक जीवनसँग अलग गर्न मुस्किल भइरहेको छ । 

हाई स्पिड इन्टरनेट, मोबाइल र क्यासलेस भुक्तान विश्व अर्थव्यवस्थालाई अगाडि बढाइरहेको छ । कतिपय देश अनलाइन सेवा र त्यसको सुलभतालाई बढाएर डिजिटल भविष्यलाई बढावा दिइरहेका छन् । 

अबको पिढीलाई कनेक्टिभिटी दिन कुन–कुन देश सबैभन्दा अगाडि छन् ? यो प्रश्नको जबाफ दिन ग्लोबल कम्युनिटी नेटवर्क इन्टरनेसन्सले हालै ‘डिजिटल लाइफ एब्रान्ड’ नामक एक रिपोर्ट तयार पारेको छ । 

यो रिपोर्ट विशेषगरी आप्रवासीको अनुभवमा आधारित छ । उनीहरुसँग सोधिएको थियो कि सञ्चारका आधुनिक साधनहरु बढी प्रचलित देशहरुमा बसेर उनीहरुलाई कस्तो लागि रहेको छ ? जानौँ रिपोर्टका थप कुरा :

एस्टोनिया

इन्टरनेसन्सको रेटिङमा एस्टोनिया पहिलो नम्बरमा छ । यहाँ इन्टरनमा कुनै बन्देज छैन । यहाँका सरकारी सेवाहरु पनि अनलाइनमार्फत नै हुन्छन् । 
सन् १९९१ मा सोभियत संघबाट मुक्त भएपछि एस्टोनियाले आधारभूत डिजिटल ढाँचमा भारी लगानी
गर्यो  सरकारी ई–एस्टोनिया कार्यक्रमअन्तर्गत ई–मतदान, ई–स्वास्थ्य र ई–बैंकिङको सुरुआत गर्यो । यसमा ई–रेजिडेन्सी सेवामा छ । जसमा गैरनागरिक सामिल भएर पहिचानपत्र, बैंकिङ सेवा, भुक्तानी प्रक्रिया र कम्पनी गठनजस्ता सुविधा प्राप्त गर्न सक्छन् । 

यो कार्यक्रमले विदेशी कारोबारीलाई निकै लाभ भइरहेको छ भने एस्टोनियाको अर्थव्यवस्थामा नयाँ मौक मिलिरहेको छ। 

फिनल्यान्ड 

फिनल्यान्ड पाँच राष्ट्रमध्ये चौथो स्थानमा लगातार बस्न सफल भएको । यो देश डिजिटल जीवनमा दोस्रो तथा क्यासलेस भुक्तानीमा पहिलो नम्बरमा छ । 

सन् २०१० मा सरकारले सबै नागरिकको ब्राडब्यान्ड कनेन्सनसम्मको पहुँचसम्बन्धी कानुनी अधिकार बनाएको थियो । फिनल्यान्ड यस्तो कानुन बनाउने पहिलो राष्ट्र पनि हो । 

ग्राहकलाई फिडब्याक प्लेटफर्म ‘ह्याप्पी अर नट’ का सीआईओ तथा संस्थापक हेइकी ब्यानेनेन दक्षिणी फिनल्यान्डका टेम्परीमा बसोबास गर्छन् । उनी भन्छन्, ‘तीव्र गतिमा इन्टरनेट र बोली स्वतन्त्रताले हाम्रो इकोस्टिमको टिकाउ र सुरक्षित बनाइदिएको छ।’
त्यस्तै फिनल्यान्ड माई होम ब्लगका लेखक तथा संस्थापक पिटर सिनन स्कटल्यान्ड मूलका हुन् । उनी आठ वर्षदेखि फिनल्यानडको हेलसिन्कीमा बसोबास गरिरहेका छन् । उनी भन्छन्, ‘डिजिटल जीवनको मतलब स्वचालनमा रहनु हो, जस्तो कि सुपरमार्केटबाट स्वाचालित चेकआउट ।

फिनल्यान्डमा डिजिटल आधारभूत ढाँचा बढावा दिनुका साथसाथै शिक्षा र समुदायमा पनि जोड दिइएको पाइन्छ । सिनन भन्छन्, ‘हेलसिन्कीको नयाँ लाइब्रेरीमा शानदार डिजिटल सुविधा छन् । सामुदायिक केन्द्रमा सबै क्षेत्रका मानिस व्यायाम गर्न, खानपिन र अनलाइन सेवा लिन आउने गरेका छन्।’

इजरायल

इन्टरनेटमा बेरोकटोक पहुँच र स्थानीय मोबाइल नम्बर प्राप्त गर्न सजिलो हुने मामिलामा इजरायल तेस्रो नम्बरमा रहेको छ । इजरायलमा एउटा मजबुत र उन्नत प्रविधि केन्द्र छ । 

यहाँका जनताले खुसीका साथ देशको उपनाम ‘स्टार्ट अप नेसन’लाई अपनाएका छन्। थोरै मानिस सोसल र कम्युनिकेसन एप्सबाट वञ्चित छन् । 

इजरायलका बासिन्दा तथा इन्टरनेसन्सकी एम्बेसडर मारिया पिनेलिस भन्छिन्, ‘वृद्धवृद्धासँग पनि स्मार्ट फोन छ । उनीहरु फेसबुकमा रमाएर समय बिताउँछन् । ह्वाट्स एपमा टेक्स्ट तथा मेसेन्जरमा भिडियो च्याट गर्छन् ।’

पिनेलिसका अनुसार यहाँ इन्टरनेट तीव्र, सस्तो र भरपर्दो छ । जसले यो देशमा आउने नयाँ उद्यमी र डिजिटल प्रेमलाई निकै मद्दत गर्छ । 

क्यानडा

क्यानडामा डिजिटल जीवनको लगभग सबै वर्गमा लगातार राम्रो स्कोर बनाएको छ । खासगरी सरकारी सेवामा अनलाइन सुलभता र क्यासलेस भुक्तानीको मामलामा । 
यहाँ ठूला सहरमा प्रविधिको छिटै अपनाउने गरिन्छ र इन्टरनेट सेवा छिटो भएकोले उनीहरु डिजिटल जीवनलाई रफ्तारमा लैजान्छन् । 

पेङ्गुइन एन्ड पियामा ब्लक लिख्ने एरिक विचोपेन भन्छन्, ‘टोरन्टो जस्तो ठूलो सहर डिजिटल जीवनका लागि अधिक अनुकूल छ ।’

यहाँ सानो र नयाँ पसलमा मोबाइल पेसहित भुक्तानीको नयाँ तरिका अपाइन्छ । अन्य देशको तुलनामा क्यानडामाकनेक्टिभिटी थोरे महँग छ । तर पनि टेलिकम सेक्टर केन्द्रीकृत छ तथा र दूरदराजका क्षेत्रका हरेक ठाउँमा कभरेज छैन । 

कुल मिलाएर क्यानाडामा सरकारी सेवाको अनलाइन उपलब्धता आठौँ स्थानमा र अनलाइन सेवाको सुलभता ११ औँ स्थानमा छ । 

दक्षिण कोरिया

घरमा हाई स्पिड इन्टरनेटको सुलभताको मामिलामा दक्षिण कोरिया एक नम्बरमा पर्छ । यसले यहाँका जनताको दैनिक जिन्दगी पनि छिटो बनाइदिएको छ । 

सोलमा बसोबास गर्ने चोई ये यून भन्छिन्, ‘दक्षिण कोरियाको दैनिक जीवन तीवगतिमा चल्छ । खाना अर्डर गर्न, डिलिभरी सेवा लिन र भुक्तानी दिने काम केवल ५ सेकेन्डमा हुन्छ ।’

चोईलाई काकाओ बैंक सर्भिसजस्तो सुविधा मन पर्छ ।  जसमा डिजिटल बैंकिङको म्यासेन्जर एपबाट जोडिएको छ । 

दक्षिण कोरियामा इन्टरनेटको रफ्तार दुनियाँमा सबैभन्दा तेज छ । गेमदेखि लिएर भिडियो स्ट्रिमिङसम्मका मनोरञ्जनका विकल्पहरु हरेक ठाउँमा सुलभ छ । चोई भन्छिन्, ‘हामी ट्रेनमा सफर गर्दा पनि बोर हुँदैनौँ किनकि त्यहाँ पनि हामी युट्युव र इन्स्टाग्राममा ह्यासट्याग हेर्न सक्छौँ।’

यस वर्षको सुरआतमा दक्षिण कोरियाका केही एन्ड्रोइड एप पासवर्ड र वित्तीय जानकारी लिक भएको पाइएको थियो । ब्लुमवर्गले दक्षिण कोरियाको डाटा उल्लंघनको जोखिम मामिलामा सबैभन्दा माथि राखेको थियो । – एजेन्सी