काठमाण्डौ । दसैँ बिदामा ग्राहकको सुविधाका लागि माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ। 

बैंकले दसैँको टीकाको दिन (असोज २९ गते) बाहेक असोज २६ गते (फूलपाती), असोज २७ गते अष्टमी, असोज २८ गते (नवमी) र असोज ३० गते (एकादशी) का दिन दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। 

बैंकले असोज २६ गते काठमाण्डौसहित विभिन्न स्थानमा ११ वटा शाखामा दसैँ काउन्टर सञ्चालन गर्नेछ। 

त्यसैगरी असोज २७ गते १४ वटा र असोज २८ गते ११ वटा शाखामा दसैँ काउन्टर सञ्चालन हुने बैंकले जनाएको छ।

असोज ३० गते भने धनगढी शाखामात्रै खुला रहने बैंकले जानकारी गराएको छ। 

थप जानकारीका लागि तलको सूचनामा हेर्नुहोस् –