काठमाण्डौ । ट्रेस इन्डेक्सले हरेक वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूची तयार गर्छ। यो सूची फरकफरक मानकहरुका आधारमा तयार पारिन्छ।
यो वर्ष पनि ट्रेस इन्डेक्सले भ्रष्टाचार बढी र कम हुने देशहरुको सूची तयार पारेको छ। यो सूचीमा कुल १९४ वटा देशलाई समावेश गरिएको छ। सरकारी कामका लागि घुस दिन बाध्य हुने वा पारिने, सरकारी कार्यालयका काम पारदर्शिता र कार्यदक्षतालगायतका मानकहरुका आधारमा यी देशहरुलाई भ्रष्टाचार कम र बढीका आधारमा सूचीकृत गरिएको छ।
सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरु
ट्रेस इन्डेक्सले उत्तर कोरियालाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकुको अग्रस्थानमा राखेको छ। यो देशमा विश्वमै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको ट्रेस इन्डेक्सका विभिन्न मानकबाट देखिएको छ। यो देशलाई ट्रेस इन्डेक्सले रिस्क स्कोर ९४ दिएको छ।
यसैगरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीको दोस्रो स्थानमा तुर्कमेनिस्तान रहेको छ। यो देशलाई रिस्क स्कोर ८६ दिइएको छ।
इरिट्रिया सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीको तेस्रो स्थानमा छ। यो अफ्रिकी महाद्वीपको सानो देश हो। यसले रिस्क स्कोटर ८१ पाएको छ।
भेनेजुएला चौथो स्थानमा छ। आर्थिक अस्थिरताले गाँजेको यो देशले ८१ रिस्क स्कोर पाएको छ।
सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीको पाँचौँ स्थानमा सोमालिया रहेको छ। यो देशलाई ८० रिस्क स्कोर दिइएको छ।
सबैभन्दा कम भ्रष्टाचार हुने देशहरु
विश्वमै सबैभन्दा कम भ्रष्टाचार हुनेमा देशमा डेनमार्क रहेको छ। यो देशले २ रिस्क स्कोर पाएको छ।
कम भ्रष्टाचार हुनेको सूचीको दोस्रो स्थानमा नर्वे र तेस्रो स्थानमा स्विडेन रहेका छन्। यी देशले क्रमशः ५ र ७ रिस्क स्कोर पाएका छन्।
चौथो र पाँचौँ स्थानमा फिनल्यान्ड र न्युजिल्यान्ड छन्। यी देश क्रमशः ७ र ८ रिस्क स्कोर पाएका छन्।
सबैभन्दा धेरै भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ८३ औँ स्थानमा रहेको छ। नेपाललाई ट्रेस इन्डेक्सले ५२ रिस्क स्कोर दिएको छ। – एजेन्सीको सहयोगमा
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago