काठमाण्डौ । सुनको चमकले हरदम विश्वका मानिसहरुलाई आफूतिर तानिरहेको हुन्छ । कुनै पनि देशसँग कति सुन रिजर्ब छ भन्ने कुरालाई आधार मानेर अझै पनि कुनै पनि देशको अर्थतन्त्र कति बलियो छ भन्ने आँकलन गरिन्छ, यसले समेत सुनको हैसियत आजको समयमा पनि कति छ भन्ने देखाउँछ । आउनुहोस्, आज हामी तपाईंलाई सुनको अनौठा तथ्यहरुको दुनियाँमा यात्रा गराउँछौ, जुन धेरै मानिसलाई थाहा छैन । केही एजेन्सीहरुको सहयोगमा तयार पारिएको यो रिपोर्टबाट तपाईंले सुनसँग सम्बन्धित केही अनौठा तथ्यहरुको बिषयमा जान्नु हुनेछ ।

२०१५ मा शीर्ष उत्पादक देश
चीन : ४५८.१ टन
अस्ट्रेलिया : २७५.९ टन
रुस : २५२.४ टन
अमेरिका : २१६ टन
पेरु : १७५.९ टन
क्यानडा : १५८.७ टन
साउथ अफ्रिका : १५०.७ टन
इण्डोनेशिया : १३४.३ टन
मेक्सिको : १२४.६ टन
घाना : ९५.१ टन

सन् २०१५ मा शीर्ष उत्पादक कम्पनीहरु
बेरिक गोल्ड(क्यानडा) : १९०.३ टन
न्यूमोट माइनिङ(अमेरिका) : १५६.६ टन
एङ्ग्लोगोल्ड अशान्ति(साउथ अफ्रिका) : १२२.८ टन
गोल्ड कर्प(क्यानडा) : ८९.३ टन
किनरस गोल्ड(क्यानडा) :  ८२.२ टन

सन् २०१५ मा सबैभन्दा धेरै खपत गर्ने देश
चीन : १०३७.३ टन
भारत : ८४९.९ टन
अमेरिका : १९२.८ टन
जर्मनी : १२३.८ टन
थाइल्याण्ड : ९०.२ टन
साउदी अरब : ८४.५ टन
इरान : ७०.९ टन
भियतनाम : ६३.४ टन

कसले तोक्छ सुनको मूल्य ?
-लण्डन बुलियन मार्केट असोसिएसन
-न्यूयोर्क मर्केन्टाइल एक्सचेञ्ज
-सांघाई गोल्ड बेञ्चमार्क अक्सन

कहिले बढ्छ माग ?
नेपालमा विशेष चाडपर्व वा विशेष समयको अवसरमा सुनको माग बढ्छ । विशेष गरी विवाहको मौसम, दशैंतिहार, तिज लगायतका पर्वहरुमा सुनको माग धेरै हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

के सुनको लगानी सुरक्षित छ ?
केही वर्षदेखि सुनको मूल्यमा भारी उतारचढाव भइरहेको छ । तर पनि मानिसहरु सुनको लगानीलाई अझै पनि सुरक्षित नै मान्छन् । यही कारण समेत नेपालमा दिनप्रतिदिन सुनको माग बढिरहेको बताइन्छ ।