काठमाण्डौ । जबदेखि संसार बस्यो तबदेखि भाइरसको अस्तित्व पनि रहँदै आएको छ। केही यस्ता भाइरस पनि छन् जुन मानिसको उत्पत्ति हुनुअघिदेखि नै छन्।

साइन्टिफिक अमेरिकन म्यागजिनका अनुसार पृथ्वीमा वौनिकले करिब ६लाख यस्ता भाइरस पत्ता लगाएका छन् जुन जनावरबाट मानिसमो प्रवेश गर्न सक्छन्। मानिस लगातार यी भाइरसको आक्रमणसँग लडिरहेका छन्।

आँखाबाट नदेखिने यस्ता भाइरसबाट मानिस सधैँ हार मानिरहेका छन्। आउनु आज हामी विश्वमा हलचल मच्चा यस्तै १२ भाइरसका बारेमा जानौँ –

मारबर्ग भाइरस 

सन् १९६७ मा यो भाइरस पत्ता लागेको थियो। जर्मनीको एउटा प्रयोगशालाबाट यो भाइरस पत्ता लागेको थियो। यो भाइरसबाट केही मानिस पनि बिरामी परे। यो भाइरस बाँदरबाट मानिसमा सरेको थियो। यो भाइरसले मानिसमा तीव्र ज्वरो आउने लक्षण देखियो। मासिनले रगत वमन गर्न थाले। शरीरका अधिकांश अंगले काम गर्न छाड्छ। अन्त्यमा मानिसको इहलीला समाप्त हुन्छ। त्यतिबेला भाइरसबाट संक्रमितमध्ये करिब ८० प्रतिशतको ज्यान गएको थियो। 

इबोला भाइरस 

इबोला भाइरसका बारेमा सबैभन्दा पहिले १९७६ मा पत्ता लागेको थियो। सुडानमा यो भाइरसको संक्रमण केही मानिसको ज्यान गएको थियो। यो भाइरसबाट जनावरबाट मानिसमा सरेको थियो। यो भाइरसबाट संक्रमित करिब ५० देखि ७० मानिसको ज्यान गएको थियो। सन् २०१४ मा अफ्रिकामा यो भाइरस निकै भयावह अवस्थामा फैलिएको थियो। यो भाइरसले अहिले पनि मानिसमा आक्रमण गरिरहेको छ। 

रेबिज 

यो भाइरसका बारेमा सन् १९२० मा पत्ता लागेको थियो। यसको भाइरस सामान्यतः पालतु जनावरले टोक्दा यो भाइरस मानिसमा सर्ने गर्छ। विकसित देशमा रेबिज संक्रमित त्यति नदेखिए पनि नेपाल, भारत, अफ्रिकाजस्ता मुलुकमा अहिले पनि रेबिज संक्रमित मानिस फेला पर्छन्। यदि रेबिज संक्रमित मानिसको बेलैमा उपचार नभए ज्यान जाने सम्भावना प्रबल हुन्छ। उपचार नभएका यो भाइरसबाट संक्रमित मानिसको शतप्रतिशत ज्यान जाने सम्भावना हुन्छ।

एचआईभी

एचआईभी आधुनिक विश्वको सबैभन्दा खतरनाक भाइरस हो। यसबाट संक्रमित मानिसलाई आजसम्म कसैले बचाउन सकेका छैनन्। यो भाइरसबाट संक्रमित करिब ९० प्रतिशत मानिसको ज्यान गएको छ। पूरै विश्वमा सन् १९८० देखि आजसम्म ३.२० करोड मानिसको एचआईभीबाट ज्यान गइसकेको छ। मानव इतिहासमा यति धेरै संख्यामा मानिसको ज्यान लिने यो भाइरसभन्दा डरलाग्दो अरु कुनै छैन। 

स्मलपक्स

यो यस्तो बिरामी हो जसले मानिसलाई हजारौँ वर्षदेखि हैरान पारिरहेको छ। सन् १९८० मा विश्व स्वास्थ्य संगठनले यो रोग निर्मूल गर्ने अभियान चलाएको थियो। तर आज पनि यदि यो रोग कुनै ३ मानिसमा देखिएमा १ जनाको ज्यान जाने निश्चित छ। बीसौँ शताब्दीमा स्मलपक्सबाट करिब ३० करोड मानिसको ज्यान गएको थियो। 

हन्ता भाइरस

यो भाइरसबारे सन् १९९३ मा पत्ता लागेको थियो। जब एक अमेरिकी युवक र उनको विवाह हुन लागेको युवतीको यो भाइरसबाट संक्रमित भएको केही दिनमै ज्यान गएको थियो। त्यसको केही महिनामा अमेरिकामा ६०० जना मानिस यो भाइरसबाट संक्रमित भए। तीमध्ये ३६ प्रतिशतको ज्यान गयो। यो भाइरस मुसाबाट सर्छ। कोरियाली युद्धका क्रममा हन्ता भाइरबाट करिब ३ हजार सैनिक बिरामी परेका थिए। तीमध्ये १२ प्रतिशतको ज्यान गएको थिया। 

इन्फ्लुएन्जा 

यो भाइरसको संक्रमणबाट बर्सेनि विश्वमा करिब ५ लाख मानिसको ज्यान जान्छ। अहिले बेलाबेलामा विभिन्न देशमा इन्फ्लुएन्जाको महामारी फैलिने गरेको छ। जस्तै सन् १९१८ मा स्पेनिस फ्लु। यसबाट विश्वको करिब ४० प्रतिशत मानिस बिरामी परेका थिए। करिब ५ करोड मानिसको ज्यान गएको थियो। यदि यो इन्फ्लुएन्जाबाट कुनै नयाँ भाइरस आउँछ तब हलचल नै मच्चाउँछ। 

डेंगु

यो बिरामी लामखट्टेको टोकाइबाट हुन्छ। यसका बारेमा सन् १९५० मा पत्ता लागेको थियो। त्यतिखेर फिलिपिन्स र थाइल्यान्डमा यसले महामारीको रुप लिएको थियो। यसबाट हरेक वर्ष १ करोडसम्म मानिस बिरामी पर्छन्। यदि समयमै बिरामीको उपचार नभएर ज्यान जाने सम्भावना प्रबल हुन्छ। हालसम्म यो भाइरसबाट बिरामी परेकामध्ये २० प्रतिशतको ज्यान गएको देखिएको छ।

रोटा भाइरस 

यो भाइरस बालबालिकाका लागि निकै खतरनाक मानिन्छ। यो भाइरसको संक्रमणबाट बालबालिकामा झाडापखाला र निमोनिया देखिन्छ। यो भाइरस विशेषगरी मुखबाट गुद्वारसम्म पुग्छ। विकसित देशमा यो भाइरसबाट कमै बालबालिकाको ज्यान गए पनि विकाशशील देशमा ज्यान गुमाउने धेरै छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसबाट हरेक वर्ष विश्वमा करिब ४ लाख बालबालिकाको ज्यान जाने गरेको जनाएको छ। बजारमा यो भाइरस नियन्त्रणका लागि दुई भ्याक्सिन पनि उपलब्ध छन्। 

सार्स

चीनको गुआङडाङ प्रान्तबाट यो भाइरसको पत्ता लागेको थियो। यो भाइरस चमेरोबाट मानिसमा सरेको बताइन्छ। सार्सका कारण २६देशमा ८ हजार मानिस दुई वर्षको अवधिमा बिरामी परेका थिए। जसमा ७७० जनाको ज्यान गएको थियो। 

मर्स

मर्स सबैभन्दा पहिला साउदी अबरमा सन् २०१२ मा देखिएको थियो। त्यसपछि सन् २०१५ मा दक्षिण कोरियामा देखियो। यो सार्स र कोरोना भाइरसकै प्रजातिको भाइरस मानिन्छ। यो भाइरस ऊँटबाट मानिसमा सरेको बताइन्छ। यसको लक्षण कोरोनाभाइरसकै जस्तो हुन्छ। यसबाट मानिसलाई निमोनिया हुन्छ र कुल बिरामीमध्ये ४० प्रतिशतसम्म ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

सार्स–सीओभी–२ (कोरोनाभाइरस) 

यो भाइरसका बारेमा सन् २०१९ डिसेम्बरमा पत्ता लागेको हो। यो चीनको वुहान सहरबाट अहिले विश्वभर फैलिएको छ। यसबाट हालसम्म कुल बिरामी संख्यामध्ये ३ प्रतिशतको ज्यान गइसकेको छ। –एजेन्सी