काठमाण्डौ । कोरोनाकालयता नेपाली सेयरबजारमा १३ वटा कम्पनीका ४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन भएका छन्।

विश्व महामारीबीच गत वर्ष चैतदेखि हालसम्म १३ वटा आईपीओ निष्कासन भएका हुन्। यो महामारीका कारण वर्ष चैत ११ गतेबाट लकडाउन भएपछि धितोपत्र बजार पनि केही समयका लागि बन्द रह्यो । त्यसपछि खुलेको बजारमा केही महिनायता सेयर कारोबार तीव्र रुपमा भइरहेको छ। अनलाइन कारोबारसमेत ह्वात्तै बढेको यो बेला आईपीओमा सर्वसाधारण आकर्षण ह्वात्तै बढेको छ। जसका कारण अधिकांश आईपीओ बाँडफाँट लक्की ड्रमार्फत आवेदकले १० कित्तासम्म पाएको अवस्था छ। 

आईपीओ भर्नेको संख्या अचाक्ली बढ्नमा सेयर बजारप्रति आकर्षण बढेको प्रस्ट हुन्छ । त्यसो त हरेक दिन धितोपत्र कारोबार मापदक नेप्से परिसूचकसँगै थुप्रै सूचकमा रेकर्ड ब्रेक भइरहेका छन्। 

गत वर्ष चैत ४ गतेदेखि चैत ७ गतेसम्म नेपाल पुनर्बीमा कम्पनीले रु. १ अर्ब ६० करोडको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्यो। कुल साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको थियो। यो कम्पनीले चुक्तापूँजीको १६ प्रतिशतबराबरको थियो।

यो कम्पनीको आईपीओमा ४० कित्ताभन्दा कम आवेदन गर्ने लगानीकर्ताले मागअनुसारकै पाएका थिए भने ५० कित्तादेखि १० हजार कित्तासम्म आवेदन गर्नेमध्ये ७७ हजार २४५ जनाले अधिकतम ५० कित्ता सेयर पाएका थिए। 

गत असार १० गतेबाट असार १४ गतेसम्म एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. ४७ करोड ५५ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्यो। यो लघुवित्तमध्येकै ठूलो आईपीओ पनि हो।

कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको छ। 

यसैगरी साधना लघुवित्तले गत असार २१ गतेदेखि असार २४ गतेसम्म जारी पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्यो। कुल १०० अंकित दरका ७ लाख ७ हजार ८०० कित्ता साधारण सेयरमध्ये १० हजार ८९० कित्ता सेयर (५प्रतिशत) कर्मचारी र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरिएको थियो।

लगत्तै अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि असार २९ गतेसम्म रु ३० करोडको आईपीओ बिक्री गर्यो। प्रतिसेयर रु. १०० अंकित दरका ३० लाख कित्ता सेयरमध्ये १  लाख २० कित्ता सेयर कर्मचारीहरु तथा १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरिएको थियो। 
यो अवधिमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले रु ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्यो । जुन कम्पनीको जारीपुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० रुपैयाँको ३० प्रतिशतबराबर थियो। यो आईपीओ साउने १६ गतेदेखि साउन २१ गतेसम्म बिक्री गरिएको थियो।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ताबराबरको आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको थियो भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको थियो।

कर्मचारीका लागि सुरक्षित गरिएकोमध्ये ४५ हजार ९५७ कित्ता सेयर बिक्री नभएपछि उक्त सेयरसमेत थप गरी सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता सेयर बाँडफाँड गरिएको थियो।

लिवर्टी इनर्जी कम्पनी लिमिटेडको रु. ३५ करोड ६४ लाख बढीको आईपीओ भदौ ३ गतेदेखि भदौ ७ गतेसम्म बिक्री खोलिएको थियो। कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने रु ३७ करोड ५० लाख रुपैयाँबराबरको रु। १०० अंकित ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाका लागि निष्कासन गरिएकोमध्ये बाँकी रहन गएको १३ लाख १४ हजार ९३० कित्तासमेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता ९सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको कित्तासमेत० सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। यसअघि कम्पनीले आयोजना प्रभावितका लागि साउन ७ गतेदेखि साउन २१ गतेसम्म रु। १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत भदौ ४ गतेबाट भदौ ८ गतेसम्म जारी पूँजी रु. २ अर्ब १० करोडको रु. १०० अंकित दरका २ करोड १० कित्तामध्ये जारी पूँजीको ३० प्रतिशत अर्थात ६३ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिउको थियो। बाँकी रहेको ५६ लाख हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। 

गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि आफ्नो जारी पुँजी रु.२ करोडमध्ये ४३ प्रतिशतले हुन आउने ८६ लाख रुपैयाँबराबर प्रतिसेयर रु. १०० अंकित दरका ८६ हजार कित्तामध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ०.५ प्रतिशत सेयर कर्मचारीलाई र ४ हजार ३०० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको निष्कासन गरेको थियो। 

यस्तै निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले जारी पुँजीको रु. १ अर्बको ३० प्रतिशतले हुन आउने रु. ३० करोड रकमबराबरको आइपीओ निष्कासन गरेको थियो। यो आईपीओ असोज गत असोज ११ गतेदेखि असोज १४ गतेसम्म प्रतिसेयर रु. १०० अंकित दरका ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १ लाख २० हजार कित्ता सेयर कर्मचारीहरु तथा १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

अर्को निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले पनि असोज २१ गतेदेखि असोज २५ गतेसम्म रु. ३० करोडबराबरकै आईपीओ निष्कासन गर्यो। प्रतिसेयर रु. १०० अंकित दरका ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १ लाख २० हजार कित्ता सेयर कर्मचारीहरु तथा १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो भने बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

यसैगरी माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो जारी पुँजी रु. १ अर्ब ९६ करोड ८० लाख २७ हजारको २० प्रतिशतले हुन आउने ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्यो । जसमध्ये १० प्रतिशतले हुन आउने १९ लाख ६८ हजार २७ कित्ता पहिलो चरणमा आयोजना प्रभावितका लागि गत भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म र बाँकी १० प्रतिशतले हुन आउने १९ लाख ६८ हजार २७ कित्ता सर्वसाधारणका लागि गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म जारी गरेको छ। सर्वसाधारणका लागि जारी गरिएको आईपीओमध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। 

त्यस्तै युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म आयोजना प्रभावितका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ र सर्वसाधारणका लागि गत मंसिर ३ गतेदेखि मंसिर ७ गतेसम्म कुल ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको थियो।

सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओमध्ये १२ हजार ६०० कित्ता कर्मचारीहरुलाई र ३१ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। ५ लाख ८५ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

यसैबीच चन्द्रागिरी हिल्स लिमिटेडले पनि आफ्नो जारी पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँमध्ये २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता सेयर पहिलो चरणको आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरिरहेको छ। दोस्रो चरणमा भने जारी पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। जसमा ७६ हजार ७०५ कित्ता साधारण सेयर सामूहिक लगानी कोष र ६१ हजार ३६४ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्टाइएको छ भने बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।