काठमाण्डौ। विश्वमा अहिले कोरोना महामारीले निकै सताएको छ। यसले विश्वभर स्वास्थ्य संकटसँगै आर्थिक मन्दीको अवस्था सिर्जना गरेको छ। 

महामारी रोक्न लगाइएका प्रतिबन्धका कारण व्यापारव्यवसाय र उद्योगधन्दा बन्द हुँदा करोडौँ मानिसको बिचल्ली भएको छ। मानवजीवन नै  संकटमा परेको समयमा बस्नका लागि कहाँ सुरक्षित स्थान छ भन्ने पनि हुन्छ। 

राम्रो व्यवस्थापनकै कारण विश्वका केही सहर बसोबास का लागि उत्कृष्ट मानिएका छन्। यही महामारीबीच पनि स्वास्थ्य सुरक्षा र आर्थिक दृष्टिकोणका हिसाबले बसोबासका लागि १० उत्कृष्ट सहर सार्वजनिक भएका छन्। 

बसोबासका लागि न्युजिल्यान्डको अकल्यान्ड विश्वमै उत्कृष्ट सहर मानिएको छ। अर्थात् यो सहर अग्रस्थानमा परेको छ। 

त्यस्तै बसोबासका लागि अर्को उत्कृष्ट सहरको दोस्रो स्थानमा जापानको ओशका परेको छ। यो सूचीको तेस्रो स्थानमा अस्टेलियाको एडिलेड परेको छ भने न्युजिल्यान्डको विलिङ्टन चौथोमा र  जापानको टोकियो पाँचौँ स्थानमा छन्। 

अस्ट्रेलियाकै पर्थ छैटौँमा, स्विट्जरल्यान्डका जुरिच र जेनेभा क्रमशः सातौँ र आठौँमा छन्। अस्ट्रेलियको मेलबर्न र ब्रिसब्यान क्रमशः नवौँ र दसौँ स्थानमा छन्। 

यसअघि अस्ट्रियाको भियाना सन् २०१८ देखि सन् २०२० सम्म बसोबासका लागि सबैभन्दा उपयुक्त सहर बनेको छ। अहिले भियाना उत्कृष्ट १० भित्र पर्न सकेन।

त्यसैगरी बसोबासका हिसाबले अनुपयुक्त मानिएका १० सहरको पहिलो नम्बरमा सिरियको दमास्कस परेको छ। यो सूचीको दोस्रो स्थानमा नाइजेरियाको लागोस र तेस्रोमा पपुवान्युगिनीको पोर्ट मोरस्बी परेका छन्। 

अनुपयुक्त सहरको सूचीमा बंगलादेशको ढाका चौथो स्थानमा परेको छ। यो सूचीमा अल्जेरियाको अल्जरर्स पाँचौँ, लिबियाको त्रिपोली छैटौँ, पाकिस्तानको कराँची सातौँ, जिम्बाबेको हरारे आठौँ, क्यामरुनको डौला नवौँ र भेनेजुअलाको कराकस दसौँ स्थानमा छन्।  

आर्थिक तथा बौद्धिक इकाइद्वारा विभिन्न स्वास्थ्य, सुरक्षा  तथा आर्थिक मापदण्डका आधारमा बसोबासका लागि उत्कृष्ट सहरको सूची तयार पारिएको हुन्छ। – एजेन्सी