काठमाण्डौ । विश्वमा थुप्रै युनिभर्सिटी छन्। तीमध्ये पनि केही यस्ता युनिभर्सिटी छन्, जहाँ अध्ययन गरेका विद्यार्थी आज विश्वका अर्बपतिको सूचीमा उच्च स्थानमा छन्। 

तिनैमध्ये हामी आज केही युनिभर्सिटीको चर्चा गर्न गइरहेका छौँ, जहाँ पढेका एलन मस्क, मार्क जुकरबर्ग, बिल गेट्सजस्ता विद्यार्थी आज विश्वमा राज गरिरहेका छन्। 

हार्वड युनिभर्सिटी

विश्वमा सबैभन्दा धेरै अर्बपति उत्पादन गर्ने युनिभर्सिटीमा हार्वड युनिवर्सिटी पर्छ। यहाँ अध्ययन गरेका कुल २९ विद्यार्थी अहिले अर्बपतिको सूचीमा छन्। तीमध्ये मार्क जुकरबर्ग र बिल गेट्स हुन्। तर, उनीहरुले आफ्नो पढाइ भने पूरा गर्न सकेनन्।

पेन्सिलभेनिया युनिभर्सिटी

पेन्सिलभेनिया युनिभर्सिटी अध्ययन गरेका कुल २९ विद्यार्थी विश्वको अर्बपतिको सूचीमा समावेश छन्। धेरै अर्बपति उत्पादन गर्ने यो युनिभर्सिटी दोस्रो स्थानमा छ। यही युनिभर्सिटीमा पढेका थिए, एलन मस्क। जो अहिले विश्वकै धनाढ्यको सूचीमा अग्र स्थानमा छन्।

स्ट्यानफोर्ड युनिभर्सिटी

धेरै अर्बपति उत्पादन गर्ने युनिभर्सिटीको तेस्रो स्थानमै स्ट्यानफोर्ड युनिभर्सिटी पर्छ। यहाँ अध्ययन गरेका कुल २८ विद्यार्थी नै अहिले अर्बपति छन्। 

येल युनिभर्सिटी

सबैभन्दा धेरै अर्बपति दिने युनिभर्सिटीको चौथो स्थानमा येल युनिभर्सिटी पर्छ। यो युनिभर्सिटीमा अध्ययन गरेका कुल २१ विद्यार्थी अर्बपतिको सूचीमा छन्। – एजेन्सी