– रेखा चन्द

काठमाण्डौ । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

बैंकहरुले अधिकांश वित्तीय सूचक बलियो बनाउँदै आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार विकास बैंकहरुले गत चौथो त्रैमाससम्म ७ अर्ब बढी नाफा कमाएमा छन्। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा बैंकहरुले ५ अर्ब बढी खुद नाफा आर्जन गरेका थिए।

विकास बैंकहरुलाई प्रमुख १२ सूचक खुद नाफा, वितरणयोग्य मुनाफा, खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा, लाभांश क्षमता, चुक्तापुँजी, ईपीएस, पीई रेसिया, एनपीएल, निक्षेप संकलन, कर्जा लगानी र रिजर्भका आधारमा विश्लेषण गरिएको छ। 

खुद नाफा

गत वर्ष सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक छ। यो बैंकले १ अर्ब ५० करोड खुद नाफा कमाएको हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८३ करोड मात्रै नाफा कमाएको थियो। 

यस्तै दोस्रोमा सबैभन्दाबढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक छ। गत मुक्तिनाथले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। 

यस्तै क्रमशः महालक्ष्मी विकास बैंक ९५ करोड, ज्योतिले ७० करोड, लुम्बिनीले  ६७ करोड, शाइन रेसुुंगाले ६४ करोड, कामना सेवा ६३ करोड र सांग्रिलाले ५९ करोड खुद नाफा कमाएको छ।

वितरणयोग्य नाफा

समीक्षा अवधिमा मुक्तिनाथले सबैभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। बैंकले १ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको तथ्यांकमा उल्लेख छ। 

सबैभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गर्ने दोस्रोमा गरिमा रहेको छ। यसले ७५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो। 

यस्तै तेस्रोमा महालक्ष्मीले ५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

सञ्चालन नाफा

गत वर्ष मुक्तिनाथले सबैभन्दा बढी सञ्चालन नाफा आर्जन गरेको छ। यो बैंकले १ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको हो। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो।

दोस्रोमा गरिमो १ अर्ब ४९ करोड र तेस्रोमा महालक्ष्मीले १ अर्ब ३४ करोड सञ्चालन नाफा गरेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

लाभांश क्षमता 

गत वर्षका लागि गरिमाले सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता बनाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुुसार बैंकले सबैभन्दा बढी १६.४१% लाभांश बाँड्ने क्षमता बनाएको हो। 

यस्तै दोस्रोमा मुक्तिनाथले सबैभन्दा बढी १४.३३% लाभांश वितरण गर्ने क्षमता बनाएको छ। त्यसपछि लुम्बिनीले सेयरधनीलाई १४.३२% लाभांश बाड्न सक्ने क्षमता बनाएको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

चुक्तापुँजी

आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा मुक्तिनाथको सबैभन्दाबढी ५ अर्ब ६५ करोड चुक्तापुँजी पुुगेको छ। दोस्रोमा गरिमाको ४ अर्ब ५७ करोड रुपैयाँ र तेस्रोमा ज्योतिको ४ अर्ब २६ करोड रुपैयाँ चुक्तापुँजी पुुगेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

ईपीएस 

आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) रहेको छ। वित्तीय विवरणअनुसार बैंकको ईपीएस २४.२२ रुपैयाँ रहेको छ। त्यसपछि दोस्रोमा महालक्ष्मीको २३.७३ रुपैयाँ रहेको छ। यस्तै तेस्रोमा गरिमाको २३.०७ रुपैयाँ रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

पीई रेसियो

समीक्षा अवधिमा सांग्रिलाको सबैभन्दा धेरै पीई रेसियो रहेको छ। वित्तीय विवरणअनुसार यसको पीई रेसियो १९.०५ गुुणा रहेको छ। 
यस्तै दोस्रोमा ज्योतिको सबैभन्दा बढी १८.३९ गुणा पीइ रेसियो छ भने तेस्रोमा मुक्तिनाथको १८.१६ गुुणा रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

एनपीएल 

सार्वजनिक वित्तीय विवरणअनुसार मुक्तिनाथ विकास बैंकको सबैभन्दा कम खराब कर्जा देखिएको छ। आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा यो बैंकको खराब कर्जा दर ०.२१% रहेको छ। यस्तै दोस्रोमा सबैभन्दा कम ०.९६ प्रतिशत शाइन रेसुंगाको रहेको छ भने तेस्रोमा सबैभन्दा कममा सांग्रिलाको ०.९८% रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

निक्षेप संकलन

गत वर्षको चौथो त्रैमाससम्म आउँदा मुक्तिनाथले सबैभन्दा धेरै १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। दोस्रोमा गरिमाले ६८ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ। यस्तै तेस्रोमा ज्योतिले ५३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

कर्जा लगानी

कर्जा लगानी गर्नेमा पनि मुक्तिनाथ नै अग्र स्थानमा रहेको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा  ६ अर्ब ९० करोड रुपैयाँ कर्जा परिचालन गरेको हो। तथ्यांकअनुसार त्यसपछि गरिमा विकास बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने ज्योतिले ४८ अर्ब ६५ करोड कर्जा परिचालन गर्न सफल भएको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

जगेडा कोष

गत वर्षको चौथो त्रैमाससम्म आउँदा लुुम्बिनीको जगेडा कोषमा सबैभन्दा बढी रकम रहेको छ। वित्तीय विवरणको आधारमा २ अर्ब ५० करोड रुपैयाँ बैंकले जगेडा कोषमा राखेको छ। यस्तै दोस्रोमा मुक्तिनाथले १ अर्ब ६२ करोड रुपैयाँ बैंकले जगेडा कोषमा राखेको छ। यस्तै तेस्रोमा महालक्ष्मीको जगेडा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)

खुद ब्याज आम्दानी 

मुक्तिनाथले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमाससम्म आउँदा सबैभन्दा बढी ३ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको छ। दोस्रोमा गरिमा विकासले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने कामना सेवा र ज्योतिले १ अर्ब ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। (बाँकी टेबलमा हेर्नुहोस्)